default_image

6 years ago

October 22, 2018

रुनीको गोलसँगै डिसी प्लेअफमा

69 views

0 Bookmark

वासिंगटन (एजेन्सी) – एमएलएसमा गोलको लयलाई कायम राख्दै म्यानचेस्टर युनाइटेड तथा एभर्टनका पूर्व स्ट्राइकर वायन रुनीले डिसी युनाइटेडको जितमा २ गोल गरेका छन् ।

rooney

रुनीको आगमन अघि कन्फरेन्सको पुछारमा रहेको डिसीले न्यूयोर्क सिटी विरुद्धको यो जितसँगै प्लेअफमा स्थान बनाउन सफल भएको छ । पछिल्लो पटक २०१५ मा प्लेअफमा स्थान बनाएयता डिसीको यो पहिलो सफलता हो ।  डिसी पछिल्लो ९ खेलमा अपराजित छ, जसमध्ये ५ खेलमा जित निकालेको छ ।

रुनीले एमएलएसमा डिसी युनाइटेडबाट १९ खेलमा १२ गोल गरिसकेका छन् । घरेलु मैदानमा रुनीले खेलको आठौं मिनेटमा डिसीलाई अग्रता दिलाए । २४ औं मिनेटमा लुसिआनो अकोस्टाले घरेलु टोलीको अग्रता दोब्बर गरे ।

युनाइटेडका कीर्तिमानी फरवार्ड रुनीले ७४ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै डिसीको जित निश्चित गरेका थिए । भ्रमणकारी न्युयोर्कका लागि ७८ औं मिनेटमा बार्सिलोनाका पूर्व स्ट्राइकर डेभिड भिल्लाले गोल गरेपनि त्यसले टोलीको हार टरेन ।

March 10, 2025

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.