default_image

6 years ago

October 22, 2018

भिनिसियस जुनियरले पनि एल क्लासिको गुमाउने

57 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड भिनिसियस जुनियरले पनि अर्को साता क्याम्प नोउमा हुने एल क्लासिको गुमाउने भएका छन् । बार्सिलोनाले स्टार खेलाडी मेसीलाई चोटका कारण गुमाउँदा म्याड्रिडले पनि भिनिसियसको सेवा पाउने छैन ।

भिनिसियसले रियलको दोस्रो श्रेणीको टोली रियल म्याड्रिड कास्टियाबाट सेल्टा भिगो बी सँगको खेलमा रातो कार्ड पाएपछि एल क्लासिकोका लागि प्रतिबन्धित भएका हुन् । ब्राजिलियन फरवार्डले खेलको ४ मिनेट समय बाँकी हुँदा दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

रेफ्रीले उनलाई डाइभ हानेको आरोपमा दोस्रो पहेंलो कार्ड दिएका थिए । उनले रातो कार्ड खानुअघि खेलमा उत्कृष्ट फ्रिकिक गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा पनि उनलाई धेरै फल हानेपछि विपक्षी खेलाडीसँग भनाभन गर्दा रेफ्रीले पहेंलो कार्ड दिएका थिए ।

ब्राजिलियन क्लब फ्लामेंगोबाट मोटो रकममा रियल आएका भिनिसियसले सिनियर टोलीबाट बिरलै खेल्न पाएका छन् । उनले दोस्रो श्रेणीको टोलीमा खेल्दै आफूलाई तयार गरिरहेका छन् । उनले यस साता एल क्लासिकोमा नखेल्ने पक्का भएसँगै रियलले अन्य विकल्पमै भर पर्नुपर्ने भएको छ ।

March 10, 2025

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.