6 years ago
October 22, 2018
एजेन्सी – इटालियन लिग अन्तर्गत आइतबार इन्टर मिलानले एसी मिलानलाई कप्तान माउरो इकार्डीको अन्तिम मिनेटको गोलको मदतले १-० ले पराजित गरेको छ ।
२ सय २२ औं मिलान डर्बीले अपेक्षित मनोरंजन प्रदान नगरेपनि दुवै टोलीले नियमित समयमा अग्रता लिने मौका चुकाएका थिए । इन्टरका डिफेन्डर स्टेफान डे भ्रिजको प्रहार पोस्टमा लागेर फर्किएको थियो । इकार्डीले पहिलो हाफमा नै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफेरी (भीएआर) को मदतले उक्त गोल अफसाइड भएको थियो । एसी मिलानका फ्रान्क केसीले पनि पहिलो हाफमा पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् ।
दोस्रो हाफमा माटियो पोलीटानोले फेरी पोस्टमा प्रहार गर्दा एसी मिलानका माटियो मुसाचियोको गोल पनि रेफ्रीले अफसाइड करार दिए । दोस्रो हाफमा दुवै टोलीले आक्रमणको प्रयास गरेपनि सफल हुन सकेनन् । खेलको इन्ज्युरी समयको दोस्रो मिनेटमा भेचिनोले दायाँ भागबाट गरेको क्रसमा इकार्डीले उत्कृष्ट हेडर गरे । एसीका गोलरक्षक जियानलुइजी डोनारुम्माले बल्संम पुग्न नसक्दा इन्टरले अग्रता लिएको थियो ।
यस जितसँगै इन्टर अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । यता एसी मिलान भने १२ औं स्थानमा छ । एसीले ८ खेलमा ३ जित मात्र दर्ता गरेको छ ।
March 10, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]