default_image

6 years ago

October 21, 2018

११ वर्षमा पहिलो पटक मेस्सी र रोनाल्डोविनाको एल क्लासिको

71 views

0 Bookmark

एजेन्सी – सेभिल्लासँगको जितमा लियोनल मेस्सी चोटग्रस्त भएपछि उनले आइतबार हुने एल क्लासिको गुमाउने पक्का भएको छ। योसंगै सन् २००७ पछि पहिलो पटक स्पेनिस लिगको यो प्रतिष्टित खेलमा मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै हुने छैनन् ।

ronaldo messi

रियल म्याड्रिडले रोनाल्डोले क्लब छाडेयता सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । रोनाल्डोविनाको रियलले पछिल्लो ५ खेलमा ४ हारको सामना गरेको छ । सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएयता रोनाल्डोले रियलको अग्रपंक्ती सम्हालेका थिए । मेस्सी भने सन् २००४ यता बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाएदेखि बार्सिलोनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

रोनाल्डोले युभेन्टससँग आबद्ध भएपछि एल क्लासिकोले उनलाई गुमाउने पक्का भएको थियो । त्यस्तै शनिबार भएको खेलको २६ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएपछि मेसीपनि उक्त खेलमा अनुपस्थित हुने पक्का भएको थियो । सेभिल्लाविरुद्ध मेस्सीले २६ मिनेटभित्रै १ गोल गर्दै अर्को गोल सिर्जना गरिसकेका थिए ।

मेस्सी र रोनाल्डोबीच एल कासिकोका थुप्रै किर्तिमान बाँडिएका छन् । त्यसैले पनि यस प्रतिष्टित खेलमा दुवै खेलाडी नहुनुले समर्थकहरुलाई दुःखी बनाउनेछ । पछिल्लो पटक सन् २००७ मा मेस्सी र रोनाल्डो दुवै यो खेलमा उपस्थित थिएनन् । रोनाल्डो म्यानचेस्टर युनाइटेडमै आबद्ध थिए भने मेस्सीले चोटका कारण खेल गुमाएका थिए ।

त्यो समय बार्सिलोनाबाट कार्लोस पुयोल, जाबी, आन्द्रे इनियेस्टा, रोनाल्डिनियो, सामुएल इटो जस्ता खेलाडी खेलेका थिए भने रियलबाट इकर कासिलास, पेपे, राउल, रोबिन्हो जस्ता खेलाडी खेलेका थिए। बार्सिलोनाको घरेलु मैदानमा भएको उक्त खेल रियलले १-० ले जितेको थियो। मेसीले बार्सिलोनामा विताएको १४ वर्षमा २ एल क्लासिको मात्र गुमाएका छन् र दुवै खेलमा बार्सिलोनाले पराजय भोगेको छ ।

March 10, 2025

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.