default_image

6 years ago

October 21, 2018

मेसीको स्थान लिने तीन खेलाडी

99 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले अबको तीन साता आफ्नो कप्तान लिओनेल मेसीको साथ पाउने छैन । लिग अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध हातमा चोट बोकेपछि मेसी मैदानबाहिर रहने भएका हुन् ।

मेसीको चोटसँगै बार्सिलोना समस्यामा पारेको छ । क्लबले अब मेसीको स्थानमा खेल्न उचित खेलाडी छनोट गर्नुपर्ने छ । बार्सिलोनासँग मेसीको स्थानमा पर्याप्त विकल्प छन् । तीमध्य उचित तीन खेलाडी यसप्रकार छन् :

३. फिलिपे कोउटिन्हो

२६ वर्षीय ब्राजिलियन मिडफिल्डर बार्सिलोनाको इतिहासकै महँगा खेलाडी हुन् । बार्सिलोनाले उनलाई आन्द्रेस इनिएस्टाको भूमिका पुरा गर्न क्लबमा ल्याएको थियो । उनले त्यसैअनुसार प्रदर्शन पनि गरिरहेका छन् । हालसम्म कोउटिन्होले २७ खेलमा ११ गोल गरेका थिए । उनले यस सिजन ३ असिस्ट प्रदान गरिसकेका छन् । पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्न उनी माहिर छन् । लिभरपुलमा रहँदा यसै किसिमको भूमिका निर्वाह गरिसकेका कोउटिन्हो बार्सिलोनामा पनि सोहि प्रदर्शन गर्ने लक्ष्यमा हुनेछन् ।

२. ओस्मान डेम्बेले

विश्वकप विजेता डेम्बेलेलाई बार्सिलोनाले अघिल्लो सिजन नेयमारको स्थान पुरा गर्न ल्याएको थियो । चोटका कारण पहिलो सिजनमा आफ्नो कौशल देखाउन नपाएका डेम्बेले यस सिजन राम्रो लयमा छन् । विश्वकपमा पनि उनले फ्रान्सका लागि राम्रो प्रदर्शन गरे । सुपर कपमा सेभिल्लाविरुद्ध गोल गरेका उनले अगस्टमा लगातार ४ खेलमा गोल गरेका थिए । मेसीको चोट बार्सिलोनाका लागि पक्कै सुखद होइन । तर डेम्बेले मेसीको अनुपस्थितिमा प्राप्त अवसरलाई सदुपयोग गरेर आफ्नो प्रभाव देखाउन पक्कै आतुर हुनेछन् ।

१. लुइस सुआरेज

पछिल्लो ८ वर्षमा मेसी र रोनाल्डोबाहेक गोल्डेन बुट जित्ने सुआरेज एक्ला खेलाडी हुन् । उनले सन् २०१४ मा लिभरपुल छाडेर बार्सिलोना आएदेखि नै लगातर गोल गर्दै बार्सिलोनालाई उपाधि दिलाउँदै आएका छन् । पछिल्लो समय लयमा नरहेका सुआरेजले सेभिल्लाविरुद्ध पेनाल्टीमा गोल गर्दै खडेरी तोडेका छन् । अब मेसीको अनुपस्थितिमा गोल गर्ने सम्पूर्ण जिम्मेवारी सुआरेजमा आएको छ । उनले मेसीको कमि महसुस हुन नदिन बार्सिलोनाको आक्रमणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने छ ।

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

Success

Thank you for your time.