default_image

6 years ago

October 21, 2018

‘लोपेटेगुईमाथि हाम्रो पूर्ण विश्वास छ’ – रियल कप्तान रामोस

70 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले प्रशिक्षक जुलेन लोपेटेगुईमाथि टोलीले पूर्ण विश्वास गरेको बताएका छन् । लिगअन्तर्गत शनिबार लेभान्तेसँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि रामोसले यस्तो अभिव्यक्ति दिएका हुन् ।

पछिल्लो ५ मध्य ४ खेलमा पराजित रियलका नवनियुक्त प्रशिक्षक लोपेटेगुई अहिले दबाबमा छन् । रामोसले लेभान्तेविरुद्ध खेलपछि प्रशिक्षकमाथि टोलीले विश्वास राखेको बताए । ‘ यो खराब लय म्याड्रिडका लागि राम्रो पक्कै होइन । लेभान्तेविरुद्ध तीन अद्ंक हासिल नगर्नु दुर्भाग्य थियो,’ उनले थपे, ‘ व्यक्तिगत गल्तीका कारण खेलमा अपेक्षित नतिजा नअाएपनि हामीले कसैलाई दोष लगाउन मिल्दैन । अहिले हामी एकतृत भएर प्रशिक्षकलाई साथ दिनुपर्छ ।’

‘लोपेटेगुईले पहिलो दिनदेखि नै हाम्रो हौसला बढाउने कार्य गरेका छन् । उनले हामीलाई एकतृत भएर अगाडी बढ्न सिकाएका छन् र हामी त्यसैलाई पछ्याउँदै हिँड्ने छौं,’ रामोसले भने ।

रियलको हारपछि बार्सिलोनाले सेभिल्लालाई ४-२ ले हराउँदै क्याटलान क्लबले ४ अंकको अग्रता बनाएको छ । रियल र बार्सिलोना अर्को साता एल क्लासिकोमा भिड्दैछन् । उक्त खेलमा बार्साका कप्तान लिअोनल मेसी भने उपस्थित हुने छैनन् ।

March 10, 2025

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.