default_image

6 years ago

October 21, 2018

हेनरीको पहिलो खेलमा मोनाको पराजित

78 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार एएस मोनाको स्ट्रास्बर्गको घरेलु मैदानमा २-१ ले पराजित भएको छ । मोनाकोका लागि नवनियुक्त प्रशिक्षक थिएरी हेनरीको पहिलो खेल थियो ।

हेनरीको टोली मोनाको खेलको १७ औं मिनेटमा नै पछाडी पारेको थियो । गोलरक्षक सेडु सेले एड्रिएन थोमास्सोनको हेडरलाई सम्हाल्न नसक्दा घरेलु टोलीले अग्रता लिएको थियो । पहिलो हाफमा मोनाकोले केहि अवसर सिर्जना गरेपनि गोल निकाल्न भने असफल रहयो । मोनाकोले बलमा पकडसँगै पोस्टमा तुलनात्मक रुपमा पोस्टमा बढी प्रहार गरेको थियो ।

दोस्रो हाफमा मोनाको थप समस्यामा पर्यो । स्यामुएल ग्रान्डसरले डरलाग्दो ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । स्ट्रासबर्गका लागि वैकल्पिक खेलाडी लेबो मोठ्बियाले ८४ औं मिनेटमा दोस्रो गोल गरे । युरी टिलेमन्सले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दै मोनाकोका लागि स्नात्वाना गोल गरे ।

लिग तालिकामा मोनाको पुछारबाट दोस्रो स्थानमा छ । मोनाकोले पछिल्लो ११ खेलमा जित दर्ता गर्न सकेको छैन । मोनाकोले ११ अक्टोबरमा लिओनार्डो जार्डिमलाई बर्खास्त गरेको थियो । मोनाकोले अब च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुजको सामना गर्नेछ ।

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.