default_image

6 years ago

October 21, 2018

लिभरपुलको कठिन जित

58 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार लिभरपुलले हडर्सफिल्ड टाउनलाई १-० ले पराजित गरेको छ । जितसँगै लिभरपुल अंक तालिकाको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्न सफल भएको छ ।

मोहमद सलाहले खेलको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । जेर्डान शाकिरीले दिएको थ्रु बलमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । हडर्सफिल्डले पनि खेलमा पाएको मौका सदुपयोग गर्न सकेन । पहिलो हाफमै डिफेन्डर जोनाथन हगले प्रहार गरेको लामो प्रहार पोस्टमा लगेर फर्कनु टोलीको लागि दुर्भाग्य रहयो ।

लिभरपुल प्रशिक्षक जोर्गेन क्लोपले औसत खेल प्रदर्शनका बाबजुद जित हासिल गर्दा खुसी लागेको बताए । ‘ म आफ्नो प्रशिक्षण कालमा पहिलो पटक औसत खेल जित्दैछु । मलाई सामान्यतया उत्कृष्ट प्रदर्शनको जित मनपर्छ तर यस्तो जितको छुट्टै महत्त्व हुन्छ,’ उनले थपे, ‘ अन्तर्राष्ट्रिय ब्रेकपछि थुप्रै कारणले प्रदर्शनमा कमि आउँछ । यो जितले हामीलाई लय समात्न सहयोग गर्छ ।’

लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग बराबर अंकमा छ । गोलअन्तरमा पछाडी रहेकाले लिभरपुल दोस्रो स्थानमा छ । यता हडर्सफिल्ड भने जम्मा २ अंकसहित अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

March 10, 2025

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.