default_image

6 years ago

October 20, 2018

युभेन्ट्सले सिजनको पहिलो अंक गुमायो

81 views

0 Bookmark

एजेन्सी – इटालियन लिग अन्तर्गत शनिबार जेनोआविरुद्धको खेलमा युभेन्ट्सले सिजनमा पहिलो पटक अंक गुमाएको छ । युभेको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा टुंगियो ।

यसअघि लिगको आठै खेलमा जित निकाल्दै शत प्रतिशत नतिजा हासिल गरेको युभेन्ट्स नवौं खेलमा बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको पहिलो हाफमा युभेन्ट्सले १-० को अग्रता लिएको थियो । युभेका लागि स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले १८ औं मिनेटमा गोल गरेका थिए । यो उनको लिग फुटबलमा ४ सयौं गोल पनि थियो । यस गोलसँगै रोनाल्डोले नयाँ कीर्तिमान पनि कायम गरेका छन् ।

खेलको दोस्रो हाफमा युभेले दबाब कायम राखेपनि जेनोआले गोल फर्कायो । ड्यानीएल बेसाले खेलको ६७ औं मिनेटमा बराबरी गोल फर्काए । उनले क्रिस्टियन कोउआमेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । युभेले गोलका लागि अन्तिम समयसम्म पनि दबाब दिएको थियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका पाउलो डिबाला र डग्लस कोस्टाले अन्तिम समयतिर पाएको मौकाको सदुपयोग गर्न सकेनन् ।

यससँगै लिग तालिकामा युभेन्ट्सको ९ खेलमा २५ अंक भएको छ । दोस्रो स्थानमा रहेको नेपोलीको ८ खेलमा १८ अंक छ र इन्टर मिलानको ८ खेलमा १६ अंक छ ।

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.