6 years ago
October 20, 2018
एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एमिएन्सलाई ५-० ले पराजित गरेको छ । पीएसजीका लागि स्टार फरवार्ड नेयमार विश्राममा रहेका थिए ।
पीएसजीलाई लगातार दशौँ लिग खेलमा जित दिलाउने क्रममा डिफेन्डर मार्किन्होसले खेलको १२ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले एन्जल डी मारियाको कर्नरमा हेडरमार्फत गोल गरेका थिए । डी मारियाकै पासमा पीएसजीको दोस्रो गोल पनि सम्भव भयो । उनले ४२ औं मिनेटमा एड्रीएन राबिओटको गोलमा पनि असिस्ट गरेका थिए ।
दोस्रो हाफ ८० औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई ३-० ले अगाडी बढाए । लगत्तै किलियन एमबाप्पेले पनि गोलकर्ताको सुचिमा आफ्नो नाम लेखाए । उनले मौसा डीयाबीको पासमा गोल गरेका थिए । डीयाबीले खेलको तीन मिनेट समय बाँकी हुँदा आफैं गोल गर्दै पीएसजीको जित पक्का गरे । डीयाबी डी मारियाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
लिगमा लगातार १० जित दर्ता गरेसँगै पीएसजीले लिगमा आफ्नो अधिपत्य कायम राखेको छ । पीएसजीले १० खेलमा ३० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लिलले भने ९ खेलमा १९ अंक मात्र जोड्न सकेको छ । त्यसपछि १० खेलमा १७ अंक जोडेको लियोन तेस्रो स्थानमा छ । पीएसजीले लिगको सबै जितमा कम्तिमा पनि ३ गोल गरेको छ ।
March 13, 2025
एजेन्सी – रियल मड्रिडले नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको मड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]