default_image

6 years ago

October 20, 2018

युभेन्टसबाट गोल गर्दै रोनाल्डोले बनाए अर्को किर्तिमान

62 views

0 Bookmark

टुरिन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत घरेलु मैदानमा जेनोआविरुद्ध गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका क्रिस्टियानो रोनाल्डोले अर्को नँया किर्तिमान बनाएका छन् । जारी खेलमा रोनाल्डोको गोलमा युभेन्ट्स १-० ले अगाडी छ ।

Ronaldo

यो गोलसंगै रोनाल्डोको लिगमा ४ सय गोल पुरा भएको छ । युरोपको शिर्ष ५ लिगमा ४ सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् । उनले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडबाट ८४, ला लिगामा रियल म्याड्रिडबाट ३ सय ११ र युभेन्टसबाट ५ गोल गर्दै ४ सय गोल पुरा गरेका हुन्।  उनले खेलको १८ औं मिनेटमा नटमेगबाट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका हुन् ।

रोनाल्डोले युभेन्टसमा प्रवाभ बनाउँदै गर्दा उनको पूर्व क्लब रियल भने हाल ला लिगामा सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । लेभान्तेसँग घरेलु मैदानमा पराजित रियल अंक तालिकाको पाँचौ स्थानमा छ । रोनाल्डोलाई पछ्याउँदै गरेका बार्सिलोनाका स्टार लियोनल मेस्सीको नाममा भने ३ सय ८९ गोल छन् ।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.