default_image

6 years ago

October 20, 2018

म्यानचेस्टर सिटी ५-० ले विजयी

57 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा बर्नलीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले खेलको १७ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । उनले डेविड सिल्भाको पासलाई सदुपयोग गर्दै गोल गरे । बर्नलीले बिरलै आक्रमण गरेपनि रक्षात्मक रुपमा भने राम्रो प्रदर्शन गरेको थियो । सिटीका पूर्व गोलरक्षक जो हार्ट बर्नलीको गोलरक्षकको भूमिकामा थिए । उनलाई सिटीका समर्थकहरुले खेलअघि ताली बजाएर विशेष सम्मान समेत दिएका थिए ।

दोस्रो हाफमा सिटीले आक्रमणलाई थप बलियो बनायो । बर्नार्डो सिल्भाले सिटीका लागि ५४ औं मिनेटमा दोस्रो गोल गरे । उनलाई पनि डेविड सिल्भाले नै असिस्ट दिएका थिए । लगत्तै फर्नान्डीन्होले उत्कृष्ट गोल गर्दै सिटीलाई ३-० ले अगाडी बढाए । उनले कर्नरमा आएको रिबाउन्डलाई उत्कृष्ट ढंगले गोलमा परिणत गरेका थिए ।

रियाद माहरेजले पेनाल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गर्दै सिटीलाई ४ गोलको अग्रता दिलाए । इन्ज्युरी समयमा लेरोय सानेले गोल गर्दै जित पक्का गरे । उनले बेन्जामिन मेन्डीको क्रसमा सहजै गोल गरेका थिए । यस जितसँगै सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा २३ अंक जोडेको छ ।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.