default_image

6 years ago

October 20, 2018

चेल्सी र युनाइटेडको रोमाञ्चक बराबरी

51 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सी र म्यान्चेस्टर युनाइटेडको खेल २-२ को बराबरीमा टुङ्गिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीका रस बार्कलीले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

चेल्सीले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । चेल्सीका लागि एन्टोनियो रुडिगरले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा पछाडि परेको युनाइटेडले दोस्रो हाफमा पुनरागमन गर्ने सफल रह्यो । एन्थोनी मार्सियलले ५५ अौं मिनेटमा बराबरी गोल फर्काए ।

मार्सियलकै दोस्रो गोलमा युनाइटेडले अग्रता लियो । उनले मार्कस रासफर्डको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेल बराबरीतर्फ उन्मुख हुँदा अन्तिम समयमा चेल्सीले जीवनदान पायो । बार्कलीले इन्ज्युरी समयको अन्तिम मिनेटमा ६ यार्ड बक्सबाट सहज गोल गरे । युनाइटेडका गोलरक्षक डेविड डे हेयाले रुडिगरको हेडर बचाएर फर्केको बलमा बार्कलीले गोल गरेका थिए ।

बराबरी गोलपछि चेल्सीका सहायक प्रशिक्षकले युनाइटेडको बेन्च अगाडि खुसीयाली मनाउँदा केहिबेर तनावको स्थिति बनेको थियो । उनले प्रशिक्षक जोसे मोउरिन्होको अगाडी उनलाई उत्तेजित पार्ने कोसिस गरेपछि मोउरिन्हो उनीमाथि जाइलागेका थिए । यस घटनाबारे एफएमले छुट्टै छानबिन गर्न् सम्भावना रहेको छ ।

यस बराबरीसँगै चेल्सीले लिगमा अपराजित यात्रा कायमै राखेको छ । चेल्सी २१ अंक बोकेर लिगको शीर्षस्थानमा पनि पुगेको छ ‌।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.