default_image

6 years ago

October 20, 2018

बार्सिलोना विरुद्ध सेभिल्ला : सम्पूर्ण जानकारी

74 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित बार्सिलोना र सेभिल्ला भिड्दैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सेभिल्ला आफ्नो उच्च लयलाई निरन्तरता दिने सुरमा हुनेछ ।

च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुवात गरेको बार्सिलोनाले ला लिगामा भने त्यसैअनुसार प्रदर्शन गर्न सकेको छैन । बार्सिलोनाको लागि यो साता निकै महत्त्वपूर्ण रहेको छ । बार्साले साताको मध्यतिर इन्टर मिलानसँग च्याम्पियन्स लिग खेल र त्यसपछि अर्को साता रियल म्याड्रिडसँग एल क्लासिको खेल्नुपर्ने छ । यी तीन खेलमा अनुकुल नतिजा निकाल्न नसके प्रशिक्षक एर्नेस्टो भालभेर्डेको जागिर पनि जाने सम्भावना छ ।

प्रशिक्षक एर्नेस्टोले आफ्नो जागिर बचाउन सेभिल्लाविरुद्ध स्पष्ट जित निकाल्नु आवश्यक छ । जितले बार्सिलोना शीर्ष स्थानमा पुग्नेछ । तर सेभिल्लाले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरेको छ । आक्रमणमा निकै बलियो रहेको टोली रक्षात्मक रुपमा पनि सफल रहेको छ । बार्सिलोनालाई केहि खेलाडीको चोटले भने समस्या पर्न सक्नेछ । अघिल्लो सिजन लिग अवधिभर १ खेलमात्र हारेको बार्सिलोनाले अहिले ८ खेल हुँदै एक पराजय बेहोरिसकेको छ ।

बार्सिलोनाले डिफेन्डर स्यामुएल उम्टिटी र थोमस भर्मालेनको साथ पाउनेछैन । क्लेमेन्ट लेङलेट आफ्नो पूर्वक्लब विरुद्ध उत्रने सम्भावना छ । सर्जी रोबर्टो फिट नहुँदा नेलसन सेमेडोले राइट डिफेन्समा खेल्नेछन् । लुइस सुआरेजले अन्तर्राष्ट्रिय ब्रेकमा विश्राम गरेका थिए । त्यसैले पनि उनले अब लय समात्ने अपेक्षा गरिएको छ । मिडफिल्डमा फिलिपे कोउटिन्हो र आर्थर पनि खेल्नेछन् ।

सेभिल्लाका ग्याब्रिएल मर्साडो चोटका कारण मैदान बाहिर नै छन् । लयमा रहेका फरवार्डद्वय बेन यडर र आन्द्रे सिल्भाले आक्रमण सम्हाल्नेछन् । एलेक्स भिडालले आफ्नो पूर्व क्लब विरूद्ध सुरुवाती रोजाइमा पर्ने छाँटकाँट देखेका छन् । रोके मसा र क्विंसी प्रोमेसले पनि मौका पाउने छन् ।

बार्सिलोनाले सिजनको सुरुवातमा भएको स्पेनिस सुपर कपमा सेभिल्लालाई २-१ ले पराजित गरिसकेको छ । पछिल्लो पटक ला लिगामा यी दुई टोली भिड्दा बार्सिलोना क्याम्प नोउमा २-१ ले विजयी रहेको थियो । लिगको खेलमा सेभिल्लाले अक्टोबर २०११ यता हार टार्न सकेको छैन । पछिल्लो ६ भ्रमणमा टोली कुनै अंक नलिई घर फर्केको छ ।

खेलको जानकारी:

खेल : बार्सिलोना विरुद्ध सेभिल्ला

प्रतियोगिता : स्पेनिस ला लिगा

मिति : अक्टोबर २०, २०१८ शनिबार

समय : नेपाली समयअनुसार मध्यरात १२:३० बजे (विहान आइतबार)

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

Success

Thank you for your time.