default_image

6 years ago

October 20, 2018

हाजार्डलाई युनाइटेडमा हेर्ने मोउरिन्होको इच्छा

56 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले चेल्सीका स्ट्राइकर इडेन हाजार्ड म्यानेस्टर युनाइटेड आए आफूलाई खुसी लाग्ने बताएका छन् । उनले प्रिमियर लिग उपाधि दौडको नेतृत्व गर्ने क्षमता हाजार्डमा रहेको विश्वास पनि देखाएका छन् ।

हाजार्डले पनि मोउरिन्होसँग कम समय काम गर्ने अवसर पाएकोमा दुःखेसो गर्दै मौका मिल्दा पुन उनीसँग काम गर्ने इच्छा रहेको बताएका छन् । तर, तत्काल त्यसको सम्भावना देखिएको छैन । यी दुईबीच शनिबार (आज) स्टामफोर्ड ब्रिजमा भेट हुँदैछ । चेल्सी र म्यानचेस्टर युनाइटेड शनिबार प्रिमियर लिगमा एकअर्का विरुद्ध भिड्दैछन् ।

माउरिन्हो ओल्ड ट्राफोर्डमा दुई जनासँगै काम गर्नेमा आशावादी भने छन् । ‘इतिहासले भन्छ चेल्सी प्रिमियर लिग च्याम्पियन बन्दा हाजार्ड प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेको थिए । त्यो म हुँदा र अर्को पटक एन्टोनियो कोन्टे हुँदा,’ उनले भने, ‘अहिले चेल्सी लिगको शीर्षस्थानमा छ । किनकी उनी जस्ता खेलाडीले टोलीको प्रदर्शनमा निकै प्रभाव पार्छन् ।’

फुटबलमा थुप्रै अनुभवी र क्षमतावान मान्छेहरु चेल्सीमा रहेको मोउरिन्होको बुझाई छ । ‘मलाई लाग्छ उनीहरुले हाजार्डलाई युनाइटेडलाई बेच्दैनन् । त्यसमा कुनै आपत्ति छैन ,’ उनले थपे, ‘उनी राम्रो खेलाडी हुन् । हाम्रो सम्बन्ध पनि निकै राम्रो छ । हामीसँगै च्याम्पियन बनिसकेका छौं । उनी मेरो पालामा पहिलो पटक उत्कृष्ट खेलाडी बनेका थिए । त्यसैले हाम्रोबीचका अनुभव पनि स्मरणीय छ ।’

जारी लिगका ८ चरणका खेलको समाप्तीमा ३ टोलीको समान २० अंक छ । गोलअन्तरमा म्यानचेस्टर सिटी पहिलो, चेल्सी दोस्रो र लिभरपुल तेस्रो स्थानमा छ । पूर्व टोलीको सिजनको सुरुवातका विषयमा माउरिन्होले भने, ‘परिणामले नै सबै बोल्छ । अहिले उनीहरु च्याम्पियन्स लिग खेलिरहेका छैनन् । प्रिमियर लिगमा केन्द्रित छन्, उनले थपे, प्रिमियर लिगमा नतिजाले सबै बताएको छ। उत्कृष्ट नजितासहित उनीहरु माथिल्लो स्थानमा छन् ।’

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.