6 years ago
October 20, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेड र चेल्सीबीच खेल हुँदैछ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा हुने खेलले शीर्ष स्थानको लडाईंमा निकै महत्त्व बोकेको छ ।
घरेलु टोली चेल्सीका लागि युवा मिडफिल्डरद्वय इथान अम्पाडू र हड्सन ओडोई चोटका कारण उपलब्ध छैनन् । माटियो कोभाचिच र एन्टोनियो रुडीगरपनि फिटनेसका कारण सुरुवाती ११ मा नपर्ने सम्भावना छ । प्रशिक्षक माउरिजियो सार्रीले गोलरक्षक केपासँगै सेजार एज्पिलीक्वेटा, डेविड लुइज र मार्कोस आलोन्सोलाई डिफेन्समा उतार्नेछन् । रुडीगर ठिक नभए केहिल अथवा क्रिस्टेन्सनले डिफेन्समा खेल्नेछन् ।
मिडफिल्डमा कान्टे र जोर्गीन्होको जोडीलाई कोभाचिचले साथ दिंदै आएका छन् । कोभाचिच ठिक नहुँदा सेस फाब्रिगासले उक्त भूमिका निर्वाह गर्नेछन् । आक्रमणमा विलियन र हाजार्डसँगै ओलिभिएर जिरुडले खेल्नेछन् । जारी सिजन हाजार्ड निकै उच्च लयमा छन् । उनलाई प्रशिक्षक सार्रीले पूर्ण स्वतन्त्रता दिएका कारण पनि प्रदर्शन सुधारिएको हो ।
यता जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको युनाइटेडमा पनि फिटनेस समस्या छ । आन्देर हरेरा, मार्कोस रोजो, नेमान्जा माटिच र लुक शअ सुरुवाती रोजाइमा पर्ने नपर्ने फिटनेस स्थितिले बताउनेछ । पछिल्ला ६ खेलमा ३ हार बेहोरेको युनाइटेडको आक्रमण रोमेलु लुकाकुले सम्हाल्नेछन् । उनलाई एलेक्सिस सान्चेज र जुआन माटाले सहयोग गर्नेछन् ।
मिडफिल्डमा पल पोग्बाले नेतृत्व लिनेछन् । पूर्ण फिट भएमा माटिच र हरेराले उनलाई सहयोग पुर्याउने छन् । डिफेन्समा कप्तान एन्टोनियो भ्यालेन्सिया, क्रिस स्मलिङ, भिक्टर लिन्डेलफ र शअ छन् । गोलरक्षक डेविड डे हेया नै रहनेछन् ।
यी दुई टोलीबीच भएको पछिल्लो ६ खेलमा चेल्सीले ४ जित हासिल गरेको छ भने युनाइटेड २ पटक विजयी रहेको छ । युनाइटेड र चेल्सी पछिल्लो पटक एफए कपमा आमनेसामने भएका थिए । मे महिनामा भएको उक्त खेलमा चेल्सीका लागि इडेन हाजार्डले एकमात्र गोल गरेका थिए । हाजार्ड उक्त लयलाई आजको खेलमा पनि कायम राख्ने सुरमा हुनेछन् ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]