default_image

6 years ago

October 20, 2018

रियल म्याड्रिड विरुद्ध लेभान्ते : सम्पूर्ण जानकारी

65 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने पहिलो खेलमा रियल म्याड्रिड र लेभान्ते भिड्दै छन् । लिगको शीर्ष स्थानमा पुग्न रियललाई घरेली मैदान सान्टियागो बर्नाबाउमा जित आवश्यक छ ।

पछिलो महिनादेखि चोटका कारण टोलीमा नरहेका फरवार्ड ग्यारेथ बेल प्रशिक्षणमा फर्किएका छन् । तर उनले पहिलो रोजाइमा स्थान बनाउने सम्भावना निकै कम छ । करीम बेन्जेमा र इस्को पनि चोटका कारण मैदानबाहिर नै रहनेछन् । प्रशिक्षक जुलेन लोपेटेगुईले मारियानो डियाजलाई मुख्य फरवार्डको रुपमा उतार्ने सम्भावना प्रबल छ ।

डियाजलाई लुकास भाज्केज र मार्को एसेन्सियोले साथ् दिनेछन् । डिफेन्समा ड्यानी कार्भाजाल चोटका कारण अनुपस्थित रहनेछन् । उनको स्थानमा नाचो फर्नान्डेजले राइट ब्याकमा खेल्नेछन् । रियलको लागि मार्सेलो चोटमुक्त भएर सुरुवाती ११ मा फर्कनु भने खुसीको खबर छ ।

यता लेभान्तेको टोलीमा भने चोटको नयाँ समस्या छैन । जारी लिग सिजनमा ३ गोल गरिसकेका ३१ वर्षीय फरवार्ड जोसे लुइस मोरालेसले आक्रमण सम्हाल्नेछन् । एनिस बार्धीले पनि आक्रमणमा स्थान बनाउन मिहिनेत गरिरहेका छन् । चोटका कारण लामो समय मैदान बाहिर रहेका अर्मान्डो सादिकु र कोके भने खेलमा उपस्थित रहने छैनन् ।

अघिल्लो सिजन रियल र लेभान्तेबीचको दुवै खेल बराबरीमा सकिएको थियो । सेप्टेम्बर २०१७ मा रियलको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको थियो । रियलले पछिल्लोपटक अक्टोबर २०१५ मा लेभान्तेलाई बर्नाबाउमा हराएको थियो । तर अक्टोबर २०१४ यता रियल लेभान्तेसँग पराजित भएको छैन । लेभान्तेले सन् २००७ मा रियललाई बर्नाबाउमा पराजित गरेको थियो ।

खेलको जानकारी

खेल : रियल म्याड्रिड विरुद्ध लेभान्ते

प्रतियोगिता: स्पेनिस ला लिगा

मिति: २० अक्टोबर २०१८, शनिबार

समय: नेपाली समयअनुसार दिउँसो ४:४५ बजे

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.