default_image

6 years ago

October 19, 2018

यो साता छुटाउनै नहुने तीन खेलहरु

64 views

0 Bookmark

एजेन्सी – झन्डै दुई साता लामो विश्राम पछि क्लब फुटबलको रौनक फेरी सुरु हुँदैछ । अन्तर्राष्ट्रिय खेल हुने ब्रेकमा राष्ट्रिय टोलीका लागि प्रतिनिधित्व गरिसकेर खेलाडीहरु आ-आफ्ना क्लबमा फर्किसकेका छन् ।

युरोपेली फुटबलमा यस साता केहि ठूला खेल हुँदैछन् । उपाधि दावेदार बीच हुने यी खेल सिजनको सुरुवातमै भएपनि दर्शकहरुको लागि रोमांचक हुनेछ । अन्तर्राष्ट्रिय ब्रेक सकिएलगत्तै हुने यी खेलले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्नेछन् । यस साता हुने ४ ठूला खेल :

३. चेल्सी विरुद्ध म्यानचेस्टर युनाइटेड

जोसे मोउरिन्होको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले शनिबार चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा खेल्दैछ । वर्तमान अवस्थामा दबाबमा रहेको मोउरिन्होले दुई पटक चेल्सीको जिम्मेवारी सम्हाल्दै दुवैपटक लिग उपाधि पनि जिते । युनाइटेडमा सोहि सफलता दोहोर्याउने उनको लक्ष्य सफल भएको छैन । यस सिजन क्लब इतिहासमै सबैभन्दा खराब सुरुवात गरेको युनाइटेड चेल्सीविरुद्ध लय समात्ने कोसिसमा हुनेछ । यता माउरिजियो सार्रीको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको चेल्सी शीर्ष स्थानमा पकड बलियो बनाउन लागि पर्नेछ ।

२. बार्सिलोना विरुद्ध सेभिल्ला

स्पेनिस लिगको शीर्ष दुई स्थानमा रहेका बार्सिलोना र सेभिल्लाबिचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । पछिल्लो समय लय समात्न असफल बार्सिलोना लिगको शीर्ष स्थानमा फर्कन सेभिल्लालाई घरेलु मैदान क्याम्प नोउमा पराजित गर्ने सुरमा हुनेछ । पछिल्ला खेलमा दबाब बनाएपनि सेभिल्ला अहिले राम्रो लयमा छ । शीर्ष स्थानमा अग्रता लिने टोलीलाई सुवर्ण मौका पनि छ । डिफेन्डर सिमोन केएरले त मेसी र बार्सिलोनाविरुद्ध सेभिल्ला कुनै हालतमा नडराउने अभिव्यक्ति नै दिएका छन् ।

१. इन्टर मिलान विरुद्ध एसी मिलान

इटालियन फुटबलको सर्वाधिक ठुलो डर्बी हो, मिलान डर्बी । कुनै समय पुरै युरोपको ध्यान तान्न सफल यस खेल पछिल्लो समय भने इटालियन फुटबलको अवसानसँगै केहि कम भएको छ । दुवै टोली एकै रंगशालामा खेल्ने भएकाले पनि यस खेललाई थप महत्त्वले हेरिने गर्छ । इन्टर मिलानले यो सिजन लिगमा राम्रो सुरुवात गरेको छ । फरवार्ड माउरो इकार्डीले पनि लय समातेका छन् । एसी मिलानले पनि पछिल्लो दुवै खेल जित्दै डर्बीअघि आफ्नो बलियो पक्ष देखाएको छ ।

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

Success

Thank you for your time.