default_image

6 years ago

October 19, 2018

लिभरपुलका फिर्मिनो भित्राउने प्रयासमा बार्सिलोना

102 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस च्याम्पियन बार्सिलोनाले लुइस स्वारेजको कमी पुरा गर्न लिभरपुलबाट रोबर्टो फर्मिनोलाई भित्राउने प्रयास गर्नेछ। 

firmino

लुइस स्वारेजको बढ्दो उमेर र घट्दो फर्मका कारण बार्सिलोनाले २७ वर्षे लिभरपुलका फरवार्ड फर्मिनोलाई स्वारेजको विकल्पको रुपमा हेरेको छ। यो सिजन सोचेअनुरुप प्रदर्शन गर्न नसकेका स्वारेजको भूमिका निर्वाह गर्न बार्सिलोनाले विकल्प खोज्न थालेको हो। फर्मिनो भने लिभरपुलको अग्रपंक्तिमा मेरुदण्डको रुपमा हेरिदै आएका छन्।

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोनामा आबद्ध उरुग्वेका फरवार्ड स्वारेजले ला लिगामा १ सय ३८ खेलमा १ सय १३ गोल गरेका छन्। उनले यस सिजन ८ खेलमा ३ गोल मात्र गरेका छन्। फर्मिनो भने २०१५ मा लिभरपुलमा आबद्ध भएयता १ सय ११ खेलमा ३८ गोल गरेका छन्। उनी सहकर्मीहरुलाई गोल गर्ने अवसर सिर्जना गर्ने खेलाडीको रुपमा चिनिदै आएका छन्।

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

Success

Thank you for your time.