6 years ago
October 19, 2018
वाशिंगटन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर वेन रुनीले अमेरिकी फुटबल लिग एमएलएसमा जादु कायम राखेका छन्।सिकागोसँगको खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएका रुनीले बुधबार भएको खेलमा विश्वस्तरीय फ्रि-किक मार्फत डिसी युनाईटेडलाई अर्को जित दिलाए।
रुनीको आगमनअघि लिगको पुछारमा रहेको डिसी हाल प्लेअफका लागि प्रतिस्पर्धा गर्दैछ। टोरोन्टो एफसीविरुद्धको खेलमा रुनीले १८ मिनेटमा करिब ३० यार्डबाट फ्रि-किकबाट गोल गरे। उनको त्यो गोल खेलको निर्णायक साबित भयो। रुनीले डिसीबाट १८ खेलमा १० गोल गरिसकेका छन्। डिसी पछिल्लो ८ खेलमा अपराजित छ।
हेर्नुहोस रुनीको गोल :
March 10, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]