default_image

6 years ago

October 19, 2018

नेयमारको पहिलो रोजाई १० नम्बर जर्सी थिएन

98 views

0 Bookmark

पेरिस (एजेन्सी)– नेयमारले डानी अल्भेसको दबाबमा ब्राजिलियन फुटबल टोलीमा आफुले १० नम्बर जर्सी लगाउन थालेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमारले ब्राजिलबाट खेल्दा आफुले चाहेका २ वटा नम्बर प्रयोग गर्न नपाएको बताए । उनले ७ र ११ नम्बर जर्सी रोजेर पनि नपाएको खुलासा गरे ।

जर्सीको नम्बर रोज्नुको कारण बताउँदै उनले भने, ‘रोबिन्हो मेरो आदर्श हुन् र सान्टोसमा मैले ७ नम्बर जर्सी लगाएर खेलेको थिए । त्यहिबाट मेरो सुरुवात भएको थियो ।’ ७ नम्बर छाडेर ब्राजिलियन टोलीमा ११ नम्बर जर्सी लगाउनको कारण पनि नेयमारले बताएका छन् । उनले भने, ‘रोबिन्होले राष्ट्रिय टोलीमा पुनरामगन गरेपछि मैले उनको आदरमा ११ नम्बर जर्सी लगाए । त्यो मेरो दोस्रो विकल्प थियो ।’

तत्कालिन प्रशिक्षक लुइस फिलिपे स्कोलारीका कारण जर्सी नम्बरमा अवरोध पुगेको पनि नेयमारले स्मरण गरेका छन् । उनले थपे,’स्कोलारीले नम्बरका विषयमा विवाद गरे , मैले उनलाई मलाई ७ र ११ नम्बर मन पर्छ भनेको थिए । तर स्कोलारीले मानेनन् । ‘

उनले थपे, ‘डिफेन्डर डानी आल्भेसले मलाई सुझाव दिए । तिमी १० नम्बर जर्सी लगाउ । तिम्रो लागि यहि सहि हुन्छ । ‘ बार्सिलोनामा रहँदा नेयमारले ११ नम्बर जर्सी लगाएका थिए । बार्सिलानोमा लियोनल मेस्सीले पहिलादेखि नै १० नम्बर जर्सी लगाउने भएकाले नेयमारले ११ लगाउनुकोको विकल्प थिए । पिएसजीमा उनले १० नम्बरकै जर्सी लगाउँछन् । ब्राजिलियन टोलीमा पनि उनी पछिल्लो समय १० नम्बरकै जर्सी लगाउँछन् ।

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

Success

Thank you for your time.