6 years ago
October 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्पेनीस क्लब एटलेटिको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग पुर्याउन शुक्रबार काठमाडौंको वेस्ट काठमाडौं फुटबल क्लबसँग सहकार्य गर्ने भएको छ ।
एटलेटिको म्याड्रिडले आफ्नो फाउन्डेसनमार्फत वार्षिक क्लबको बजेटको १ प्रतिशत खर्च गर्नुपर्ने हुन्छ । सोहि अनुसार क्लबले पाँच देशमा आफ्नो फाउन्डेसनमार्फत सहयोग गर्दै आएको छ । नेपालको प्रतिनिधित्व भने वेस्ट काठमाडौं फुटबल क्लबले गर्ने भएको छ ।
वेस्ट काठमाडौं र एटलेटिकोबीच विगत ८ महिनायता यसबारे छलफल भइरहेको थियो । शुक्रबार दुई क्लबबीच औपचारिक रुपमा सम्झौता हस्ताक्षर कार्यक्रम पनि हुँदैछ । त्यसअघि एटलेटिकोका प्रतिनिधिले नैकापस्थित क्लबको खेल मैदान निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमअनुसार फाउन्डेसनले १० देखि १५ वर्षसम्मका ८० खेलाडीको फुटबल विकासमा सहयोग पुर्याउनेछ । यसका लागि आवश्यक पोस्ट, नेट, बल, कोन लगायत खेल सामग्री पनि क्लबले प्रदान गर्नेछ । यसबाहेक खेलाडीहरुको खानपिनमा पनि क्लबले सहयोग दिनेछ । एटलेटिकोले आफ्नो लोगो अंकित जर्सी यसअघि नै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरिसकेको छ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]