6 years ago
October 18, 2018
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको सेभिल्लाका डिफेन्डर सिमोन केएरले आफ्नो टोली लिओनेल मेसी र बार्सिलोनासँग नडराउने बताएका छन् । शनिबार हुने ला लिगाको खेलमा बार्सिलोना र सेभिल्ला भिड्दैछन् ।
लिगको आठ खेल सकिंदा बार्सिलोना सेभिल्लाभन्दा १ अंक पछाडी दोस्रो स्थानमा छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा सेभिल्ला राम्रो लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । जारी लिगमा बार्सिलोनाले मात्र सेभिल्लाभन्दा बढी गोल गरेको छ । सेभिल्लाले लिगमा ५ जित दर्ता गरेको छ । यसमा पछिल्लो महिना रियलमाथि ३-० को फराकिलो जित पनि संलग्न छ ।
बार्सिलोना कप्तान लिओनेल मेसीले सिजनको सुरुवात राम्रो ढंगले गरेका छन् । उनले लिगमा ६ गोलसहित सबै प्रतियोगिता गरेर कुल ११ गोल गरिसकेका छन् । तर सेभिल्लाका डिफेन्डर सिमोन केएरले पाँच पटक ब्यालोन डी’ओर जितेका मेसी र उनको सहकर्मीसँग सेभिल्ला नडराउने बताएका छन् । उनले लिगको साविक विजेता भएपनि बार्सिलोनालाई सहज खेल्न नदिने बताएका छन् ।
‘मेसीलाई व्याख्या गर्न शब्द छैन । उनी निकै उत्कृष्ट खेलाडी हुन् । यदि उनले आफ्नो लय समातेर खेले भने रोक्न निकै कठिन हुन्छ,’ केएरले भने, ‘ मेसीलाई मार्क गर्न सकिन्न । यदि मेसीलाई मार्क गर्ने प्रयास गर्यो भने बार्सिलोनाका अन्य खेलाडीले खालि ठाउँको फाइदा उठाउँछन् । बार्सिलोनालाई संयुक्त रुपमा योजना बनाएर मात्र रोक्ने प्रयास गर्न सकिन्छ ।’
‘ हामीले मेसीविरुद्ध खेल्दा उनले आफ्नो उत्कृष्ट प्रदर्शन नगरुन भन्ने आशा गर्ने हो । फुटबलको सुन्दरता भनेकै उत्कृष्ट खेलाडी र उत्कृष्ट टोलीलाई हराउने प्रयास गर्ने हो । जित हात पार्दा निकै खुसी मिल्छ,’ केएरले भने ।
सेभिल्लाले सन् २०१५ देखि बार्सिलोनालाई हराउन सकेको छैन । यसअघिका दुई खेलमा पनि बार्सिलोनाले सेभिल्लालाई लगातार हराएको छ । सेभिल्लाले पछिल्लो पटक क्याम्प नोउमा सन् २०१० मा पेप गुआर्डीओला प्रशिक्षक छँदा जितेको थियो ।
केएरले डर लिएर त्यस मैदानमा उत्रने हो भने हारभन्दा अर्को नतिजा नआउने बताए । ‘डर मानेर क्याम्प नोउमा छिर्यो भने नराम्रो हार बेहोर्न बाध्य हुन्छौं । त्यसैले एकतृत भएर अगाडी बढ्नुपर्छ । हामीले आफूमा विश्वास राखेर विपक्षीलाई सम्मान गर्दै उत्रनु पर्छ,’ उनले थपे, ‘ हामीले उनीहरुलाई लय समाउन नदिन आफ्नो उच्च प्रदर्शन गर्ने हो । रक्षात्मक फुटबल खेलेर नतिजा प्राप्त हुँदैन । हामी बार्सिलोनाविरुद्ध आक्रमण नै गर्नेछौं ।’
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]