6 years ago
October 18, 2018
एजेन्सी – अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लिओनेल मेसीले फ्रान्सेली मिडफिल्डर पल पोग्बालाई म्यानचेस्टर युनाइटेडबाट क्याटलान क्लबमा ल्याउन क्लबसमक्ष आग्रह गरेका छन् ।
बार्सिलोनाका केहि खेलाडीले यसअघि नै पोग्बालाई बार्सिलोना आउन अन्तरिक प्रक्रिया थालिसकेको बताएका थिए । पोग्बा फ्रान्सबाट खेल्दा बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटी र ओस्मान डेम्बेले पनि सँगै खेल्ने गर्छन् । दुवै खेलाडीले पोग्बालाई बार्सिलोनामा ल्याउने प्रयास गरेका छन् । २५ वर्षीय मिडफिल्डरलाई अब कप्तान लिओनेल मेसीले पनि साथ दिने भएका छन् ।
विगत केहि समयदेखि पोग्बाको युनाइटेडमा प्रशिक्षक जोसे मोउरिन्होसँग खटपट परिरहेको छ । यी दुईबीच प्रशिक्षणका क्रममा मुखामुख भएको भिडियो नै सार्वजनिक भएको थियो । पोग्बा आफैंले पनि युनाइटेडमा आफ्नो भविष्य अझै अनिश्चित रहेको स्वीकार्दै आएका छन् । उनले जनवरीमा नै क्लब छाड्न सक्नेबारे पनि सोचिरहेको उनको एजेन्टमार्फत जानकारी दिएका छन् ।
बार्सिलोनाले केहि महिनाअघि मात्र ट्रान्सफर विन्डोमा पोग्बालाई भित्र्याउन खोजेको थियो । तर युनाइटेडले जसोतसो पोग्बालाई क्लबमा राख्न सफल भयो । तर बार्सिलोनाले भने आफ्नो प्रयास जारी नै राखेको छ । क्लबले युनाइटेडको च्याम्पियन्स लिग खेलमा स्काउटहरु पनि खटाएको छ । बार्सिलोनाको लागि अब पहिलो प्राथमिकतामा उनी नै छन् ।
अब बार्सिलोनाले उचित रकमको प्रस्ताव राखेमा पोग्बा बार्सिलोना जाने सम्भावना प्रबल छ । उनी जनवरीमा बार्सिलोना जाँदा च्याम्पियन्स लिगमा भने खेल्न पाउने छैनन् । त्यसैले पनि सिजनको अन्त्यसम्म बार्सिलोनाले प्रतीक्षा गरेर फ्रान्सेली मिडफिल्डरलाई मध्यभाग उतार्ने बलियो सम्भावना रहन्छ ।
March 10, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]