6 years ago
October 18, 2018
एजेन्सी – कोलम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई रियलले क्लब छाडेर जान दिनु गल्ति भएको र अब उनी फर्केर रियल नआउने कोलोम्बियाका लेजेण्ड कार्लोस भाल्लेरामाले बताएका छन् ।
२७ वर्षीय मिडफिल्डर हामेस सन् २०१७ जुलाईमा २ वर्षका लागि लोनमा जर्मन क्लब पुगेका हुन् । बायर्नसँग सिजनको अन्त्यमा ४ करोड २० लाख युरो तिरेर उनलाई क्लबमा स्थायी रुपमा अनुबधन गर्ने विकल्प पनि छ । क्लब र खेलाडीबिचमा सहमति भएको अवस्थामा बायर्नले उनलाई राख्न पाउनेछ ।
रियलमा तीन सिजन बिताउँदा हामेसले एक ला लिगा उपाधि र दुई पटक च्याम्पियन्स लिग उपाधि जिते । उनको प्रदर्शन पनि राम्रो रहेको थियो । तर रियलले हामेसलाई बायर्न जाने अनुमति दिएपछि उनले जर्मनीमा आफ्नो खेललाई थप सुधार गरेका छन् । रियलमा नियमित खेल्न नपाएका हामेस बायर्नमा खेल्न पाएका छन् ।
‘हामेस बायर्नमा खुसी छन् । उनी रियालमा फर्केर आउन चाहदैनन् । रियलको समस्या छाडेर अहिले उनी फुटबलमा रम्न थालेका छन्,’ भाल्लेरामाले भने । ‘रियलमा हामेसले निकै राम्रो सुरुवात पाएका थिए । धेरैले त्यस्तो अपेक्षा गरेका थिएनन् । मैले उनलाई लामो समयदेखि हेरेकाले उनले कस्तो खेल्छन् भन्ने थाहा थियो,’ उनले थपे ।
तर त्यसपछि रियलले हामेसलाई धेरै प्रयोग गरेन । हामेसलाई लोनमा पठाउन अन्य धेरै विकल्प थिए तर रियलले बायर्न नै रोज्यो । यसले गर्दा रियललाई नै च्याम्पियन्स लिगमा समस्या हुने सम्भावना रहन्छ । ‘ हामेसलाई छाड्नु रियलको गल्ति थियो । म्याड्रिडमा मात्र नभएर विश्वकपमा पनि आफूलाई सिद्ध परिसकेका खेलाडीलाई छाड्नु सहज निर्णय होइन,’ भाल्लेरामाले थपे ।
हामेसले बायर्नका लागि गत सिजन ३७ खेल खेल्दै ८ गोल गरे । लिग उपाधिसँगै टोली घरेलु कपको फाइनलमा पनि पुगेको थियो । सिजनको सुरुवातमा सुपर कप जितेको बायर्नका लागि उनले लिगका ७ मध्ये ६ खेल खेलेका छन् ।
March 10, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]