default_image

6 years ago

October 18, 2018

‘एमबाप्पे ब्यालोन डी’ओरका हकदार हुन्’

62 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेनका गोलरक्षक जियानलुइजी बुफोनले युवा स्टार किलियन एमबाप्पे ब्यालोन डी’ओर उपाधिको हकदार भएको अभिव्यक्ति दिएका छन् ।

१९ वर्षीय एमबाप्पेले पीएसजीलाई गत सिजन तेहेरो उपाधि दिलाएका थिए । लगत्तै रुसमा भएको विश्वकपमा फ्रान्सलाई विश्व विजेता बनाउन उनले प्रभावकारी भूमिका खेले । यस सिजन पनि एमबाप्पेले आफ्नो लयलाई कायम राख्दै सबै प्रतियोगिताको ७ खेलमा १० गोल गरिसकेका छन् । उनले आफूलाई ब्यालोन डी’ओर उपाधिको दौडमा शीर्ष क्रममा नै राख्न सफल भएका छन् ।

यसै सिजनको सुरुवातमा पीएसजीसँग जोडिएका बुफोनले एमबाप्पेको दाँजो विश्व फुटबलका ठूला नामसँग गरिंदै आएपनि उनी विशेष रहेको बताए ।’ उनले मैदानमा देखाएको खेल हेर्दा नै थाहा हुन्छ । एमबाप्पे विशेष छन् । उनले विश्वकपमा त निर्णायक प्रदर्शन नै गरे , बुफोनले थपे, ‘ उनले ब्यालोन डी’ओर उपाधि जित्न लायक छैन भनेर कसैले भन्न सक्दैन । उनी उपाधिको हकदार नै हुन् ।’

‘इटालीमा पनि कुनै समय उनीजस्तै युवा प्रतिभा थिए । इटालीको खेलाडीको उदाहरण दिंदा उनलाई रोबर्टो बाजीयो, एलेसान्ड्रो डेल पिएरो र फ्रान्सेसको टोट्टीसँग दाँज्न सकिन्छ । तर उनको खेल्ने शैली र प्राविधिक पक्ष बिरलै देख्न पाइन्छ,’ बुफोनले भने, ‘उनी निकै नै विशेष छन् । आउने दिनमा अझै मिहिनेत गरेको खण्डमा एमबाप्पेले विश्व फुटबलमा छुट्टै छाप बसाउने छन् ।’

पीएसजीले लिग वन अन्तर्गत शनिबार एमिएन्सको सामना गर्दैछ । लिग तालिकामा पीएसजी शीर्ष स्थानमा फराकिलो अग्रता बनाउन सफल भएको छ ।

March 10, 2025

आर्सनल बराबरीमा रोकियो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.