6 years ago
October 17, 2018
एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिड मिडफिल्डर लुका मोड्रीचले प्रतिष्ठित ब्यालोन डी’ओर उपाधिका लागि आफ्नो रोजाईको खेलाडीको नाम बताएका छन् ।
मोड्रीच आफैं पनि ३० खेलाडीको मनोनयनमा परेका छन् । उनले विजेताको नाममा आफ्नो नाम भन्न अस्विकार गर्दै उपाधि जित्न हकदार रहेका खेलाडीको नाम लिएका छन् । मोड्रीचले सेप्टेम्बरमा भएको फिफा थे बेस्ट अवार्डको उपाधि जितेका थिए । उनले क्रोएसियालाई विश्वकप फाइनलमा पुर्याउन र रियल म्याड्रिडको लगातार तेस्रो च्याम्पियन्स लिग उपाधिमा जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
अवार्डको आयोजक फ्रान्स फुटबलसँग बोल्दै मोड्रीचले फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिज्मनलाई आफ्नो पहिलो रोजाईमा राखेका छन् । ‘ मेरो रोजाईमा ग्रिज्मन हुन्छन् । उनले जे हासिल गरेका छन् त्यो पक्कैपनि इर्ष्यागर्न लायक छ । उनी राम्रा खेलाडी पनि हुन्,’ उनले भने ।
मोड्रीचले एमबाप्पेबारे पनि एक उत्कृष्ट प्रतिभा भएको बताए । ‘एमबाप्पे अद्भुत प्रतिभा हुन् । उनले भविष्यमा के गर्छन् भन्ने अहिले नै संकेत देखिएको छ । उनले विश्वस्तरमा नै आफुलाई सिद्ध गरिसकेका छन् । उनी साँच्चै नै विशेष खेलाडी हुन्,’ मोड्रीचले थपे ।
उनले आफ्नोबारे भने खुलेर बोल्न चाहेनन् । ‘ म आफैंले उपाधि जित्न हकदार छु भने भन्न सक्दिन । मैले मैदानमा आफ्नो काम पुरा गर्नुपर्छ र त्यो मैले गदै आएको छु । सन् २०१८ मेरो करिअरकै उत्कृष्ट वर्ष भएको छ,’ उनले थपे ।
ब्यालोन डी’ओर को उपाधि डिसेम्बर ३ मा फ्रान्सको राजधानी पेरिसमा घोषणा गरिनेछ ।
March 10, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ । आइतवार राती भएको खेलमा आर्सनल म्यानचेस्टर युनाटेडसँग १-१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिन पुग्यो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । तर, ७४औं मिनेटमा पाहुना टोलीका डिक्लेन […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि १–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै चेल्सी २८ खेलबाट […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]