6 years ago
October 17, 2018
एजेन्सी – फरवार्ड एन्टोइन ग्रिज्मनले दुई गोल गरेपछि फ्रान्सले एक गोलले पछाडी पारेको स्थितिलाई उल्टाउँदै यूईएफए नेसन्स लिगअन्तर्गत जर्मनीलाई २-१ ले पराजित गरेको छ ।
सन् २०१८ मा दोस्रो जितको खोजीमा रहेको जर्मनीले खेलको १४ मिनेटमा नै अग्रता लिएको थियो । प्रेस्नेल किम्पेबेले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा टोनी क्रुसले गोल गरेका थिए । पहिलो हाफमा जर्मनीले १-० को अग्रता लिंदै लामो समयपछि जित दर्ता गर्ने संकेत दिएको थियो ।
दोस्रो हाफमा एन्टोइन ग्रिज्मनले दुई गोल गर्दै जर्मनीलाई लगातार हार चखाए । उनले ६२ औं मिनेटमा लुकास हर्नान्डेजको क्रसको सदुपयोग गर्दै हेडरमार्फत गोल गरे । त्यसको केहि समयमै फ्रान्सले पेनाल्टीको मौका पायो । ब्लेस माटुइडीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीमा ग्रिज्मनले कुनै गल्ति गरेनन् ।
यस हारसँगै जर्मनीले सन् २०१८ मा छैटौं हार बेहोरेको छ । पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ३-० ले पराजित जर्मनीले सन् २००० पछि पहिलोपटक लगातार औपचारिक दुई खेलमा हार बेहोरेको हो । विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणमा नै बाहिरिएको जर्मनीका प्रशिक्षक जोकिम लो अब थप दबाबमा छन् ।
नेसन्स लिगको समूहमा १ अंकसहित पुछारमा रहेको जर्मनीले नेदरल्यान्ड्सभन्दा एक खेल बढी खेलेको छ । टोली दोस्रो श्रेणीमा रेलिगेसन हुने सम्भावना पनि बढेको छ । पहिलो हाफमा राम्रो प्रदर्शन गरेपनि दोस्रो हाफमा लय गुमाउँदा जर्मनीले हार बेहोर्नुपरेको हो ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]