default_image

6 years ago

October 17, 2018

च्यासलले भित्र्यायो क्यामरुनका फरवार्ड चीको

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको नवप्रवेशी क्लब च्यासल युवा क्लबले क्यामरुनका फरवार्ड सर्जियो चीकोलाई क्लबमा अनुबन्धन गरेको छ ।

चीकोलाई जर्सी हस्तान्तरण गर्दै च्यासलका व्यवस्थापक शंकर व्यन्जनकार

यसअघि मनाङका लागि खेलिसकेका चीको शारीरिक रुपमा निपुण खेलाडी हुन् । उनले यसअघि सन् २०१३ मा मनाङलाई सिमरा गोल्डकप उपाधि दिलाउँदा राम्रो प्रदर्शन गरेका थिए । मनाङले लिग उपाधि जित्दा पनि उनी टोलीका सदस्य थिए । चीको च्यासलले अनुबन्धन गरेको पहिलो विदेशी खेलाडी हुन् ।

यसअघि क्लबले मलेसियाबाट विदेशी खेलाडी ल्याउने प्रयास गरेपनि सफल हुन सकेको थिएन । प्रशिक्षक राजुकाजी शाक्यले मलेसियाको क्लबले खेलाडी छाड्न नमान्दा क्लबले अन्य खेलाडी खोज्नुपरेको बताए । चीकोको आगमनसँगै क्लबको आक्रमण थप मजबुत भएको छ । च्यासल लिगको पहिलो खेलमा मछिन्द्रसँग बराबरीमा रोकिएको थियो ।

उक्त खेलमा हेमन्त थापामगरले पेनाल्टी चुकाउँदा मछिन्द्र भाग्यमानी सावित भएको थियो । विमल घर्तिमगर, अमिर श्रेष्ठ, विश्व अधिकारी, देवेन्द्र तामाङ, विक्रम लिम्बू, दिनेश थापामगर लगायतका खेलाडीको उपस्थितिले टोली बलियो छ । च्यासलले लिगको पहिलो सहभागितामै लिग उपाधिको लक्ष्य राख्दै तयारी गरेको छ ।

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

Success

Thank you for your time.