6 years ago
October 17, 2018
एजेन्सी – फिफा वरियतामा विश्वविजेता फ्रान्ससँगै शीर्ष स्थानमा रहेको बेल्जियम घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्ससँग १-१ को बराबरीमा रोकिएको छ ।
खेलको पाँचौ मिनेटमा नै घरेलु टोली बेल्जियमले अग्रता नलिएको थियो । इटालियन क्लब नेपोलीबाट खेल्दै आएका फरवार्ड ड्रीज मर्टेन्सले टप कर्नरमा राम्रो गोल गरेका थिए । २७ औं मिनेटमा अर्नाउट ग्रोएनभेल्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।
बेल्जियमले खेलको सुरुवाती समयमा एकपक्षीय दबाब राखेको थियो । इडेन हाजार्डलेको नेतृत्वमा बेल्जियमले गोल गर्ने अवसर पनि सिर्जना गरेको थियो । दोस्रो हाफमा भने प्रशिक्षक रोबर्टो मार्टिनेजले हाजार्डको स्थानमा उनका भाइ थ्रोगन हाजार्डलाई उतारे । रोमेलु लुकाकु र मर्टेन्सले पनि दोस्रो हाफमा विश्राम पाएका थिए ।
नेदरल्यान्ड्सका डिफेन्डर नाथन आकेले ७९ औं मिनेटमा गोल गर्ने अवसर पाए । तर उनको शक्तिशाली हेडरलाई सिमोन मिग्नोलेटले विफल पारे । तीन मिनेट समय बाँकी रहँदा बेल्जियमका मिसी बासुआईको प्रहार डच गोलरक्षक जास्पर सिलेसनले बचाए । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी मेम्फिस डिपाएले पनि राम्रो प्रदर्शन गरेका थिए ।
पछिल्लो दुई मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुन नसकेको नेदरल्यान्ड्स अहिले राम्रो लयमा छ । विश्व वरियतामा १७ औं स्थानमा रहेको डच टोलीले पछिल्लो ७ मध्ये १ खेलमात्र हारेको छ । नेदरल्यान्ड्सले अब नोभेम्बर १६ मा यूईएफए नेसन्स लिगको खेलमा विश्वविजेता फ्रान्सको सामना गर्नेछ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]