6 years ago
October 16, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार खराब प्रदर्शन गरिरहेको उरुग्वे लगातार दोस्रो खेलमा एसियाली टोलीसँग पराजित भएको छ । मंगलबारको खेलमा जापानले दक्षिण अमेरिकी उरुग्वेलाई ४-३ ले पराजित गरेको हो ।
जापानको जितमा टाकुमी मिनामिनोले दुई गोल गरे । हाजिमे मोरियासुलाई प्रशिक्षक नियुक्त गरेयता टोलीले तीन खेलमा तीन जित दर्ता गरेको छ । यता उरुग्वेले भने पाँच दिनको अन्तरमा एसियाली राष्ट्रविरुद्ध दोस्रो हार बेहोर्यो । शुक्रबार भएको खेलमा उरुग्वे दक्षिण कोरियासँग २-१ ले पराजित भएको थियो । जापानविरुद्ध निकै खराब प्रदर्शन गरेको उरुग्वे अझै बढी गोल खानबाट बचेको थियो ।
खेलको दशौं मिनेटमा मिनामिनोले सुरुवाती अग्रता दिलाएका थिए । ग्यास्टोन परेरोले पहिलो हाफको मध्यतिर खेल बराबरीमा ल्याए । शोया नाकाजिमाको प्रहारलाई उरुग्वेका गोलरक्षक फर्नान्डो मस्लेराले बिफल पारेपनि रिबाउन्डमा युया ओसाकोले गोल गर्दै जापानलाई पुन: अग्रता दिलाए ।
एडिन्सन कभानीले दोस्रो हाफको १२ औं मिनेटमा खेल फेरी बराबरीमा ल्याए । जापानका डिफेन्डर जेन्टा मिउराले गम्भीर गल्ति गरेपछि कभानीले ६० हजार दर्शक उपस्थित रंगशालालाई स्तब्ध बनाउँदै गोल गरेका थिए । जापानले केहि बेरमै अग्रता आफ्नो पक्षमा पार्यो । रित्सु दोआनले गोल गर्दै जापानलाई खेलमा तेस्रो पटक अगाडी बढाए । मस्लेराले दोआनको प्रहार रोक्न नसक्दा रिबाउन्डमा मिनामिनोले अर्को गोल थपेका थिए ।
वैकल्पिक खेलाडी जोनाथन रोड्रीग्वेजले ७५ औं मिनेटमा अग्रता कम गरे । तर उक्त गोल खेलको नतिजा परिवर्तन गर्न पर्याप्त रहेन । जापानले ४-३ को जित दर्ता गर्दै लगातार तेस्रो जित हात पार्यो । विश्वकपको राउण्ड अफ १६ सम्म पुगेको जापानले अब एसियन कपको तयारीमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ ।
‘यसले हाम्रो एसियन कप लक्ष्यमा ठूलो सहयोग पुर्याएको छ । खेलाडीहरुले निकै मिहिनेत गरेका छन् र नतिजा पनि आएको छ । हामीले अझै पनि सुधार गर्ने धेरै ठाउँ छन् , ‘प्रशिक्षक मोरियासुले भने ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]