6 years ago
October 16, 2018
एजेन्सी – साउदी अरेबियाको उत्तरी जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीनामक रंगशालामा ब्राजिल र अर्जेन्टिना मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।
ब्राजिलको सम्भावित ११ :
ब्राजिलका प्रशिक्षक टिटेलाई केहि पोजिसनमा टोली छनोट गर्न सहज निर्णय हुनेछ । तर केहि पोजिसन भने उनलाई टाउको दुखाइ नै बनेको छ । गोलरक्षकमा एलिसन र एडरसनमध्ये एकले खेल्नेछन् । पछिल्लो खेल एडरसन खेलेका कारण यस खेलमा एलिसनले मौका पाउने देखिन्छ ।
डिफेन्सको मध्यभागमा मिरान्डा र मार्किन्होस खेल्नेछन् भने साइड डिफेन्समा ड्यानीलो र मार्सेलो उत्रनेछन् । ब्राजिलले ४-३-३ को फर्मेसनमा खेल्दा मिडफिल्डको मुख्य जिम्मवारी क्यासेमिरोले सम्हाल्नेछन् । उनलाई आर्थर र फिलिपे कोउटिन्होले साथ दिनेछन् । आक्रमणमा नेयमारसँगै रिचार्लीसन र रोबर्टो फिर्मिनोले खेल्ने सम्भावना प्रबल छ ।
अर्जेन्टिनाको सम्भावित ११ :
अर्जेन्टिनाले इराकविरुद्ध ४-० को जित दर्ता गर्दा युवा र अनुभव कम भएका खेलाडीले मौका पाएका थिए । यस खेलमा गोलरक्षक सर्जियो रोमेरोले पोस्ट सम्हाल्नेछन् । डिफेन्सको मध्यभागमा निकोलस ओटामेन्डी र जर्मन पेज्जेलाले विपक्षी आक्रमण रोक्नेछन् । डिफेन्सको छेउमा रेंजो साराभिया र निकोलस टाग्लियाफिको उत्रनेछन् ।
रक्षात्मक मिडफिल्डको भूमिकामा लिआन्द्रो परेडेस हुनेछन् । रोड्रीगो बट्टाग्लिया र जिओभानी लो सेल्सोले मिडफिल्ड र फरवार्डको समन्वय गर्ने भूमिका खेल्नेछन् । आक्रमणमा माउरो इकार्डी नै एकल फरवार्डका रुपमा उत्रनेछन् । एन्जल कोर्रिया र पाउलो डिबालाले इकार्डीलाई साथ दिनेछन् ।
खेल नेपाली समयानुसार रातको ११:३० बजे सुरु हुनेछ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]