default_image

6 years ago

October 16, 2018

फ्रान्सविरुद्ध जर्मनी – खेलको सम्पूर्ण जानकारी

55 views

0 Bookmark

एजेन्सी – रुस विश्वकप २०१८ को उपाधि विजेता फ्रान्स र त्यसअघिको विश्वकप विजेता जर्मनी यूईएफए नेसन्स लिगको खेलमा मंगलबार भिड्दैछन् जर्मनीले पछिल्लो समय निकै खराब प्रदर्शन गरिरहेको छ भने फ्रान्सले विश्वकपको लयलाई कायम राखेको छ

फ्रान्सको टोलीमा नाबिल फेकिर, स्याउएल् उम्टिटी र बेन्जामिन मेन्डी चोटका कारण उपस्थी छैनन् । पछिल्लो खेलमा आइसल्यान्डविरुद्ध मुख्य खेलाडीलाई विश्राम दिएका कारण फ्रान्सले आफ्नो पहिलो रोजाईका खेलाडी उतार्नेछ । किलियन एमबाप्पेसँगै विश्वकपका नायक बनेका एनगोलो कान्टे र लुकास हर्नान्डेज सुरुवाती ११ मा आउनेछन् । यद्यपी ओस्मान डेम्बेले, थोमस लेमार र डिमित्री पाएटमध्ये एक खेलाडीले मात्र सुरुवात गर्नेछन् ।

जर्मनीका डिफेन्डर जेरोम बोटेङ घाइते भएका कारण यस खेलमा उपस्थित हुने छैनन् । उनको स्थानमा निक्लास सुलले डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन् । मिडफिल्डमा खेलेका जोसुवा किमिच फ्रान्सविरुद्ध डिफेन्समा झर्नेछन् । मिडफिल्डमा सबास्टियन रुडी टोलीमा आउनेछन् । प्रशिक्षक जोकिम लोले युवा विंगर लेरोय सानेलाई फेरिपनि बेन्चमा नै राख्ने सम्भावना छ ।

हालसम्म फ्रान्स र जर्मनीले ३० पटक खेलेका छन् । फ्रान्सले १३ जित दर्ता गर्दा जर्मनी ९ पटक मात्र विजयी भएको छ । पछिल्लो ४ खेलमा जर्मनीले फ्रान्सलाई हराउन सकेको छैन । युरो २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई २-० ले पराजित गरेको थियो । पछिल्लो महिना म्युनिखमा भएको खेल गोलरहित बराबरीमा टुंगियो ।

खेलको जानकारी :

खेल : यूईएफए नेसन्स लिग

स्थान : स्ताड डे फ्रान्स

मिति : १६ अक्टोबर २०१८, मंगलबार

खेल हुने समय : नेपाली समयानुसार मध्यरात १२:३० बजे (बुधबार बिहान )

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.