default_image

6 years ago

October 16, 2018

मेसी अर्जेन्टिनाबाट नखेल्दा नेयमार खुसी

61 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार अर्जेन्टिना र ब्राजिल भिड्दैछन् । अर्जेन्टिनाका नियमित कप्तान लिओनेल मेसीले विश्वकपयता राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।

मेसी अर्जेन्टिनी टोलीमा नहुँदा ब्राजिलका कप्तान नेयमारले भने खुसी रहेको बताएका छन् । नेयमारले मेसी नखेल्नु सामान्य दर्शकका लागि दुखद कुरा भएपनि ब्राजिलका लागि भने सुखद खबर रहेको बताए यद्यपी मेसी उपस्थित नभएपनि टोलीमा पाउलो डिबालाजस्ता खेलाडीले अर्जेन्टिनालाई बलियो बनाएको उनको अभिव्यक्ति थियो

‘ आम दर्शकका लागि मेसी नखेल्नु दुखद खबर हो तर हाम्रो लागि यो राम्रो खबर हो ,’ नेयमारले भने, ‘अर्जेन्टिनासँग डिबाला छन् । मलाई व्यक्तिगत रुपमा पनि निकै मन पर्ने खेलाडी हुन् । त्यसैले हामीले सजग हुन जरुरि छ ।’

‘ खेल निकै कठिन हुने पक्का छ हामीले आफ्नो योजनाअनुसार खेल्नुपर्छ यो खेलमा कुन टोली राम्रो भन्ने कहिल्यै हुँदैन सधैं मैदानमा खेलको छिनोफानो हुन्छ

नेयमारले करिअरको सुरुआत लेफ्ट विङबाट खेलेर गरेका थिए क्लब फुटबलमा भने उनी सेन्टर फरवार्डको भूमिकामा पनि देखिन थालेका छन् । २६ वर्षीय नेयमारले शुक्रबार साउदी अरेबियाविरुद्ध २-० को जितमा एलेक्स स्यान्ड्रो र ग्यब्रिएल जेससको गोलमा असिस्ट दिएका थिए ।

‘खेलमा आवश्यकताअनुसार पोजिसन परिवर्तन गर्नुपर्ने हुन्छ यो निर्णय प्रशिक्षकले लिने हो र हामीले त्यसैअनुसार खेल्ने हो ,’ उनले भने, ‘ पेरिसमा म मध्य भागमा खेलिरहेको छु ब्राजिलमा मलाई प्रशिक्षकले स्वतन्त्रता दिएका छन् मैले धेरै पोजिसनमा खेलेको छु र अझैपनि यकिन रुपमा यहि पोजिसनमा उत्कृष्ट छु भन्ने अवस्था छैन

‘ जति खेल्दै गयो, त्यति नै अनुभव बटुल्दै जाने हो खेलको अवस्था अनुसार आफ्नो टोलीको योजनामा रहेर निर्णय लिनुपर्छ,’ नेयमारले थपे, ‘म ब्राजिलमा प्लेमेकरको भूमिकामा छु मसँगै कोउटिन्हो, फिर्मिनो, लुकास र जेससले पनि सोहि भूमिका निर्वाह गर्न सक्छन । म आफ्नो योजनामा राम्रो खेल्दै टोलीलाई जिताउन सक्दा खुसी छु ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.