6 years ago
October 16, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत मंगलबार अर्जेन्टिना र ब्राजिल अामनेसामने हुँदैछन् । विश्वकपमा खराब प्रदर्शन गरेका दुवै टोली पुन लय समात्ने लक्ष्यमा छन् ।
युरोपेली राष्ट्रहरु यूईएफए नेसन्स लिगमा व्यस्त रहँदा ब्राजिल र अर्जेन्टिना भने खाडी राष्ट्र साउदि अरेबियामा मैत्रीपूर्ण खेलमा होमिएको छ । सन् २०१७ मा यी दुवै टोली मेलबर्नमा भएको मैत्रीपूर्ण खेलमा भिडेका थिए । यसपटक साउदी अरेबियाले इराक, साउदी अरेबिया, ब्राजिल र अर्जेन्टिना संलग्न चार राष्ट्रको मैत्रीपूर्ण ‘सुपरक्लासिको’ प्रतियोगिता अायोजना गरेको छ । त्यसअन्तर्गत दुई टोली भिड्न लागेका हुन् ।
विश्वकपछि दुवै टोलीले चौथो मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । अर्जेन्टिनाले यसअघि ग्वाटेमाला र इराकलाई हराएको थियो भने कोलोम्बियासँग बराबरीमा रोकिएको थियो । ब्राजिलले भने संयुक्त राज्य अमेरिका, एल साल्भाडोर र साउदी अरेबियाविरुद्ध सहज जित दर्ता गरेको थियो ।
सन् २०१८ मा ब्राजिलले १३ खेलमध्य २ खेलमा मात्र जित दर्ता गर्न सकेको छैन । अर्जेन्टिनाले भने २०१८ मा खेलेका १० मध्य ५ खेलमा जित, ३ हार र २ खेलमा बराबरी खेलेको छ । ब्राजिल र अर्जेन्टिना १ सय ९ अौं खेलमा भिड्दै छन् । ब्राजिलले हालसम्म ४४ पटक जितेको छ भने अर्जेन्टिना ३९ पटक विजयी रहेको छ । पछिल्लो खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो ।
खेल : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
मिति : मंगलबार, १६ अक्टोबर
समय : नेपाली समयानुसार रातको ११:३० बजे
स्थान : किङ अब्दुल्लाह स्पोर्टस सिटी
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]