6 years ago
October 16, 2018
एजेन्सी – बायर लेभरकुसनका युवा विंगर लियोन बेलीलेराष्ट्रिय टोलीमा नाम आउनका बाबजुद पनि डेब्यु गर्न अस्विकार गरेका छन् ।
लामो समयदेखि बेलीले अनेक व्यवधानपश्चात जमैकाको राष्ट्रिय टोलीबाट डेब्यु गर्न लागेका थिए । तर खेल्नका लागि राष्ट्रिय टोलीमा नाम आइसक्दा पनि उनले डेब्यु गर्न मानेनन् । कारण थियो उनको मागअनुसार जुम्ल्याहा भाइ काइल बटलरलाई राष्ट्रिय टोलीमा नबोलाउनु । २१ वर्षीय बेली जमैका, जर्मनी र बेल्जियमबाट खेल्न योग्य छन् ।
बेलीले भाइ काइललाई पनि जमैकाको राष्ट्रिय टोलीमा समेटे मात्र आफू पनि खेल्ने बताएका थिए । उनका भाइ अस्ट्रियाको जुनियर्स ओओ क्लबबाट खेल्ने गर्छन् । राष्ट्रिय टोलीबाट खेल्न काइलले ट्रायल दिनुपर्ने बताएपछि बेली रुष्ट भएका हुन् । बेलिले बेलीले पूर्वसहमति अनुसार काम नगरेको भन्दै खेल्न अस्विकार गरेको बताएका छन् ।
‘म जमैकाको राष्ट्रिय टोलीबाट खेल्न इच्छुक भएर यहाँ आएको हुँ । यहाँ आउनुअघि केहि सहमति भएको थियो । तर संघको तर्फबाट कार्यान्वयन नभएपछि मैले खेल्न चाहिंन,’ बेलिले भने, ‘ यदि मेरो माग पूरा हुन्छ भने म खेल्न तयार छु । म आफ्नो राष्ट्रका लागि खेल्न इच्छुक छु ।’
बेलीले नोभेम्बर १७ मा सुरिनामविरुद्ध हुने खेलमा डेब्यु गर्ने सम्भावना छ । त्यसका लागि उनले काइललाई पनि टोलीमा राख्नुपर्ने बताएका छन् । ‘ म हार्न चाहन्न । मैले राम्रो खेल्न र टोलीले जित्न आफू अनुकुल साथी चाहिन्छ । यसै नयाँ टोलीबाट खेलेर जित्न सकिन्न । मेरो वरपर आफुले बुझ्ने खेलाडी भए मात्र खेल्न सहज हुन्छ,’ उनले भने ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]