default_image

6 years ago

October 15, 2018

‘नोएर बेन्चमा रहेर टेर स्टेगनले जर्मनीको पोस्ट सम्हाल्नुपर्छ’

66 views

0 Bookmark

म्युनिख (एजेन्सी) – जर्मनीका पहिलो रोजाइका गोलरक्षकका रुपमा बायर्न म्युनिखका म्यानुएल नोएरले लामो समयदेखि आफ्नो एकक्षत्र राज जमाउँदै आएका छन् । तर जर्मनीका पूर्व कप्तान लोथार मथाउसले भने अब त्यो गोलरक्षक परिवर्तन हुनुपर्ने बताएका छन् ।

गत सिजन नोएर चोटका कारण लामो समय मैदानबाहिर रहे त्यसका बाबजुद पनि जर्मनीको विश्वकप यात्रामा उनलाई पहिलो रोजाइका गोलरक्षकको भूमिका दिईयो । विश्वकपमा जर्मनीले बिर्सनलायक प्रदर्शन गर्दा कप्तानसमेत रहेका नोएरको प्रदर्शनमा प्रश्नचिन्ह उठेको थियो । तर विश्वकप पछि भएका मैत्रीपूर्ण खेलमा पनि नोएरले नै पोस्ट सम्हाल्दै आएका छन् ।

यता बार्सिलोनाका लागि नियमित पहिलो रोजाइमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका गोलरक्षक मार्क आन्देर टेर स्टेगन भने राष्ट्रिय टोलीका लागि बिरलै खेल्ने गरेका छन् । पूर्वकप्तान मथाउसले अब स्टेगनले नै मुख्य गोलरक्षकको भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन् । नोएरले चोट बाट फर्केयता राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

शनिबार भएको यूईएफए नेसन्स लिगको खेलमा जर्मनी नेदरल्यान्ड्ससँग ३-० ले पराजित हुँदा नोएरले खराब प्रदर्शन गरे । यसैकारण पनि अब स्टेगनलाई मौका दिनुपर्ने भनाइ अगाडी आएको हो । नोएरको खराब लय र स्टेगनको प्रभावशाली प्रदर्शन र युवा भएकाले जर्मनीबाट अब स्टेगनले खेल्नुपर्ने धारणा मथाउसले राखेका छन् ।

‘नोएर अहिले फर्ममा छैनन् । उनी चोटअघि जस्ता खेलाडी थिए अहिले त्यस्ता रहेनन्,’ मथाउसले भने,’ अहिले अन्तर्राष्ट्रिय फुटबल खेल्न उनी फिट गोलरक्षक हैनन् । ४ पटक उत्कृष्ट गोलरक्षक घोषित उनले आफ्नो स्तर अनुसार खेल्न सकेका छैनन् । स्टेगनले बार्सिलोनामा लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । अब नोएर उपलब्ध हुँदा पनि स्टेगनले मौका पाउनुपर्छ ।’

जर्मनीले अब यूईएफए नेसन्स लिगको खेलमा मंगलबार फ्रान्ससँग खेल्दैछ । उक्त खेल पेरिसमा हुनेछ । जर्मनीले यस प्रतियोगितामा अहिलेसम्म पनि गोल गर्न सकेको छैन ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.