6 years ago
October 15, 2018
रोम (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको च्याम्पियन्स लिग खेलअघि नेपोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पिएसजीका स्ट्राइकर केलियन एमबाप्पे भविष्यमा सुपरस्टार बन्ने बताएका छन् ।
फ्रान्सेली युवा सनसनीले पछिल्लो केहि सिजन यता उच्च प्रदर्शन गरिहेका छन् । केहि महिनाअघि रसियामा सम्पन्न विश्वकप उपाधि फ्रान्सलाई दिलाउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
फ्रान्सलाई विश्व कप दिलाउनका साथै पिएसजीबाट गत सिजन उच्च प्रदर्शन गरेका एमबाप्पले बालोन डि ओर २०१८ को मनोनयनमा समेत परेका छन् ।एमबाप्पले दमदार रुपमा नयाँ सिजनको सुरुवात गरेका छन् ।
सिजनका ७ खेलमा उनले १० गोल गरिसकेका छन् । जसमा २ गोल च्याम्पियन्स लिगमा गरेका हुन् । पिएसजीले च्याम्पियन्स लिगको अर्को खेलमा इटालियन पावर हाउस नेपोलीको सामना गर्नुअघि एन्सेलोटीले १९ वर्षे फरवार्डको तारिफ गरेका हुन् ।
‘उनी राम्रो खेलाडी हुन् । उनी तीब्र गतिका छन् । अरु पनि तीब्रगतिका खेलाडी छन्,’ एन्सेलोटीले भने,‘ उनी एकै समयमा तीब्र र प्रभावकारी हुन सक्छन् । अरु र उनमा यहि फरक छ ।’
एन्सेलोटीले एमबाप्पेलाई खतरनाक खेलाडीको संज्ञा पनि दिएका छन् । ‘प्रभावकारी छन् र खतरनाक पनि ,’ उनले थपे,‘ उनी एकदमै युवा छन् । आउने केहि वर्षमा उनी निश्चय पनि सुपर स्टार हुनेछन् ।’
च्याम्पियन्स लिगको समूह ‘सी’ मा लिभरपुल र पिएसजीको समाना अंक छ । २ चरणको खेल सकिदा एन्सेलोटीको टोली नेपोली ४ अंकसहित शीर्षस्थानमा रहेको छ । पिएसजी र लिभरपुलको समान ३ अंक छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]