default_image

9 years ago

March 12, 2016

अन्जन र अनन्त आज युरोप जाने

113 views

0 Bookmark

राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग आज मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप जादैं छन्|

Anjan-and-Ananta-Sikkim-reject copy

डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट खेल्दै बुढासुब्बा गोल्ड कप र आहा! रारा गोल्ड कप जितेका थिए |

मार्च १३ देखि ३० सम्म हुने मैत्रीपूर्ण खेलहरु खेल्ने छन् भने अप्रिल महिना प्रशिक्षणमा बिताउने छन् | बिमल घर्ति मगर भने चोटका कारण केहि हप्तापछिमात्र त्यसतर्फ प्रस्थान गर्नेछन् |

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.