default_image

6 years ago

October 15, 2018

बाबुलाई पछ्याउँदै जुनियर रोनाल्डो

111 views

0 Bookmark

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोका छोराले बाबुकै पथ पछ्याउने सम्भावना देखाएका छन् । रोनाल्डो युभेन्ट्स पुगेसँगै युभेकै युवा टोलीमा खेल्न थालेका रोनाल्डो जुनियरले आफ्नो बुबाको छनक देखाउन थालेका छन् ।

रोनाल्डोले सामाजिक सञ्जालमा छोराले गोल गरेको भिडियो अपलोड गर्दै एक दिन आफ्नो कीर्तिमानलाई उनले चुनौति दिने बताएका छन् । रोनाल्डो युभेन्ट्स पुगेसँगै क्लबको यू ९ टोलीमा आबद्ध उनका छोराले यो वर्ष टोलीका लागि ४ गोल गरिसकेका छन् । आइतबार रोनाल्डोले उनका छोराले गोल गरेको भिडियो ट्विटरमा अपलोड गरेका छन् ।

रोनाल्डो जुनियरले प्रभावशाली प्रदर्शन गर्ने क्रममा विपक्षी खेलाडीलाई विट गर्दै नजिकबाट गोल गरेका थिए । दोस्रो गोलमा उनले विपक्षी गोलकिपरलाई रोक्नै मौका दिएका छैनन् ।

 

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.