9 years ago
March 11, 2016
नेपाली राष्ट्रिय फूटबल टिमले मलेशियाको यु-२२ टोलिसँग यही मार्चको अन्त्यमा दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ । भर्खरै नियुक्त भएका जापानिज कोच ज्ञोतुकी कोजिले उक्त खेलामा पहिलो चोटी राष्ट्रिय टोलिको जिम्मेबारी सम्हाल्ने छन ।
एन्फाको अधिकारिक वेबसाईटले जनाए अनुसार नयाँ कोच कोजिले आइतबार सिमराबाट फर्केपछी पहिलो चराणको टोलिको घोसणा गर्नेछन । नेपालले मलेशिया यु-२२ बिरुद पहिलो खेल मार्च २७ तरिखमा खेल्ने भएको छ, पछील्लो पटक एन्फाको वेबसाईटले मार्च २९ तरिखम मलेशियाको राष्ट्रिय टोली सँगनै खेल खेल्ने भनेर लेखेको थियो ।
मलेशियाको फूटबल संघले मेमा दुई देशबिच अर्को खेल आयोजना गर्ने र उक्त खेलामा दुबै देशको राष्ट्रिय टोली सहभागि गराउने पनि जनाएको छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]