default_image

6 years ago

October 15, 2018

स्कटल्यान्डमाथि पोर्चुगलको सहज जित

62 views

0 Bookmark

एजेन्सी – युरो २०१६ को विजेता पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइतबार राती स्कटल्यान्डमाथि ३-१ को जित दर्ता गरेको छ ।

पहिलो हाफमा घरेलु टोली स्कटल्यान्डले बलियो चुनौती पेस गरेपनि दोस्रो हाफमा भने त्यस लयलाई कायम राख्न सकेन । पोर्चुगलले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । हेल्डर कोस्टाले केभिन रोड्रीग्वेजको पासलाई सदुपयोग गर्दै पाहुना टोलीलाई अगाडी बढाएका थिए । पहिलो हाफ स्कटल्यान्डका लागि स्टिभन नेस्मिथले गोल गर्ने अवसर चुकाएका थिए ।

दोस्रो हाफको सुरुआतमै पनि स्कटल्यान्डले अग्रता लिने मौका गुमायो । मक्गिनको पासमा मक्केनाको हेडर पोस्टभन्दा थोरै टाढाबाट बाहिरियो । खेलको १५ मिनेट बाँकी छँदा रेनाटो सान्चेसको फ्रिकिकमा एडरले हेडर गोल गर्दै अग्रता दोब्बर पारे । त्यसलगत्तै ब्रुमाले पनि डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोल गरे ।

इन्ज्युरी समयको अन्तिम मिनेटमा स्कटल्यान्डले सान्तवना गोल फर्कायो । मकाए स्मिथको पासमा नेस्मिथले गोल गर्दै अग्रता दुई गोलमा झारे । खेलमा दुवै टोलीले बलमा उत्तिकै पकड र गोल गर्ने अवसर सिर्जना गरेका थिए । स्कटल्यान्डको डिफेन्सले खराब प्रदर्शन गर्नु नै हारको मुख्य कारण बन्यो ।

स्कटल्यान्डका प्रशिक्षक एलेक्स मक्लिसको लागि यो पछिल्लो ८ खेलमा छैटौं हार हो । यस प्रदर्शनले उनको जागिर पनि धरापमा परेको छ । अब यूईएफए नेसन्स लिगको दुई खेलले नै उनको भविष्य निर्धारण गर्ने बुझिएको छ । लिग अन्तर्गत स्कटल्याण्डले अर्को महिना अल्बानिया र पोर्चुगलको सामना गर्नेछ ।

खेलको भिडियो हेर्नुहोस:

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.