6 years ago
October 14, 2018
लन्डन (एजेन्सी) – बेल्जियन स्टार इडेन हाजार्डको नाम पछिल्लो समय विश्व फुटबलकै महारथी रियल म्याड्रिडसँग नाम जोडिएर आउन थालेको छ । तर हाजार्डले रियल म्याड्रिडबाट खेल्नु आफ्नो बाल्यकाल देखिको सपना भएपनि चेल्सीलाई निराश बनाएर रियल नजाने बताएका छन् ।
हाजार्डले जनवरीमा ट्रान्सफर विन्डो खुलेको बेलामा कुनै हालतमा पनि चेल्सी छाडेर रियल नजाने प्रष्ट पारे । लामो समयदेखि रियल म्याड्रिडसँग उनको नाम जोडिएको भएपनि हाजार्डले चेल्सीमै रहेर खेल्ने निर्णय गर्दै आएका थिए । तर पछिल्लो समय भने हाजार्डले रियल जाने सम्भावनाबारे सकारात्मक प्रतिक्रिया दिंदै आएका छन् । उनले रियलबाट खेल्नु बाल्यकालकै सपना रहेको पनि बताएका थिए ।
हाजार्डले आफ्नो सपना पूरा गर्नका लागि भएपनि आफूले चेल्सी छाड्न जबर्जस्ती नगर्ने प्रष्ट पारेका छन् । उनले दुवै क्लब सहमतिमा आएमात्र त्यसबारे सोच्ने अभिव्यक्ति दिएका हुन् । ‘ पछिल्लो ट्रान्सफर विन्डोमा क्लबले मलाई प्रष्ट भनेको थियो । क्लबले मैले क्लब छाड्न पाउन्न्न भनेर भन्दा मैले त्यसलाई सहर्ष स्वीकारें । क्लबमा रहेपनि, छाडेपनि, म खुसी हुने नै थिएँ । मलाई उक्त निर्णय लिएर अहिले कुनै पश्चाताप छैन,’ हाजार्डले भने ।
‘ जब तपाईंले चाहेको निर्णय हुन सक्दैन त्यसबेला गुनासो गर्ने ठाउँ रहन्छ । र केहि कार्य अपूर्ण पनि हुन सक्छन् । तर क्लब र खेलाडीको सहमतिमा कुनै काम हुन्छ भने पक्कैपनि त्यसको नतिजा राम्रो नै हुन्छ । चेल्सीले मलाई धेरै कुरा दिएको छ । मैले लिल छाडेर चेल्सी आउँदा जस्तो अवस्था थियो, यहाँ पनि छाड्ने बेलामा त्यस्तै होस् भन्ने चाहन्छु ।’
‘ जनवरीमा क्लब छाड्ने? यो समभव कुरा होइन ।’
हाजार्डले यस सिजनको बाँकी समय क्लबको लागि समर्पित गरेपनि त्यसपछि भने उनको निर्णय के हुन्छ अहिले टुङ्गो लागेको छैन । हाजार्डको क्लबसँग सन् २०२० सम्म सम्झौता रहेको छ । चेल्सीले हाजार्डलाई नयाँ सम्झौता दिएर क्लब इतिहासकै सर्वाधिक बढी कमाउने खेलाडी बनाउने प्रयास गरेपनि हाजार्डले त्यसतर्फ धेरै ध्यान दिएका छैनन् ।
हाजार्डले रियल म्याड्रिड जाने इच्छा खुल्ला रुपमा देखाएका छन् । उनको यस कदमलाई रियल म्याड्रिडका खेलाडीले पनि स्वागत गरेका छन् । हाल रियल समस्यामा रहेका कारण पनि हाजार्डको आगमनले क्लबलाई निकै फाइदा पुग्ने देखिन्छ । रियलले उनलाई जनवरीमै ल्याउँ खोजेपनि हाजार्ड कुनै हालतमा सिजन सकिनुअघि क्लब छाड्ने पक्षमा छैनन् ।
चेल्सीका प्रशिक्षक माउरिजियो सार्री भने हाजार्ड क्लबमा रहनेमा विश्वस्त छन् । उनले हाजार्डलाई बेग्लै भूमिका दिंदै उनलाई खेलमा अझै भिज्ने स्थान र समय दिएका छन् । हाजार्ड स्वयं प्रशिक्षकको यस कार्यलाई स्वागत गर्दै आएका छन् । ‘ अहिले म निकै हौसिएको छु । मलाई जहाँबाट पनि गोल गर्न सक्छु भन्ने लागेको छ । यस सिजन हामीले बल राखेर खेल्न सकेका छौं । सार्री पक्कैपनि मोउरिन्हो र कोन्टेभन्दा फरक छन् ।’
‘ यदि हामीसँग ५ मिनेटसम्म पनि बल आएन भने सार्री कराउन थाल्छन् । के म विश्वको उत्कृष्ट खेलाडी हुँ ? यदि उत्कृष्ट खेलाडी भन्नाले सबैभन्दा बढी गोल गर्ने बुझिन्छ भने, म त्यो होइन,’ हाजार्डले थपे ।
बेल्जियमका २७ वर्षीय हाजार्डले सिजनको उत्कृष्ट सुरुआत गरेका छन् । उनले हालसम्म ८ गोल गर्दै प्रिमियर लिगमा टोलीलाई दोस्रो स्थानमा पुर्याएका छन् । यता रियलको अवस्था भने नाजुक छ । पछिल्लो चार खेलमा गोल गर्न नसकेको रियल अंक तालिकाको चौथो स्थानमा छ । क्रिस्टियानो रोनाल्डो रियल छाडेर युभेन्ट्स गएसँगै सुरु भएको संघर्ष अब हाजार्डले नै अन्त्य गर्न सक्छन् ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]