6 years ago
October 14, 2018
एजेन्सी – फ्रान्सेली राष्ट्रिय टोलीका मिडफिल्डर ब्लेस माटुइडीले युवा फरवार्ड किलियन एमबाप्पेले विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर जित्न सक्ने क्षमता रहेको बताएका छन् ।
१९ वर्षीय एमबाप्पे यसपटक पनि ब्यालोन डी’ओरको मनोनयनमा परेका छन् । तर उनलाई उपाधिको दावेदारमा भने राखिएको छैन । यद्यपी माटुइडीका अनुसार गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई तेहेरो उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका एमबाप्पे हकदार भने छन् । एमबाप्पे फ्रान्सले विश्वकप उपाधि जित्दा प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी पनि घोषित भएका थिए ।
‘उनी मनोनयनमा परेका छन् त्यसैले जित्ने सम्भावना पनि छ । एमबाप्पेले युवा उमेरमा पनि आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै आएका छन्,’ माटुइडीले भने, ‘ उनले मैदानमा जे गर्छन त्यो निकै नै लोभलाग्दो छ । हामीले प्रशिक्षणमा पनि त्यो देख्न पाउँछौं । हामी उनीसँग खेल्न पाउँदा निकै खुसि छौं ।’
‘म यसले जित्छ वा त्यसले जित्छ भन्न चाहन्न । यो गर्दा शत्रु कमाउने गरिन्छ । जो उत्कृष्ट छ त्यसले जितोस भन्ने मेरो कामना हो,’ उनले थपे,’ तर एमबाप्पेले ब्यालोन डी’ओर जित्न गर्नुपर्ने सबै कार्य यस सिजन गरेका छन् ।’
फ्रान्सेली डिफेन्डर राफेल भारानको लागि पनि बितेको वर्ष सुखद रहयो । उनले फ्रान्सबाट विश्वकप जित्नुसँगै स्पेनिस क्लब रियल म्याड्रिडका लागि च्याम्पियन्स लिग उपाधि जिते । माटुइडीले उनको पनि प्रशंसा गरे । ‘राफेलको लागि गत सिजन उत्कृष्ट रहयो । विश्व च्याम्पियन बन्नुसँगै च्याम्पियन्स लिग उपाधि पनि जिते । त्यो उनको लागि राम्रो हो,’ माटुइडीले भने ।
February 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो। एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल गर। एपिएफका विकास प्लेयर अफ […]
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]