6 years ago
October 14, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई पेप गुआर्डीलाको टोलीमा समावेश गर्न म्यानचेस्टर सिटीले तीन गुणा बादी तलबको प्रस्ताव राखेको खुलासा भएको छ । मेसीले त्यसका बाबजुद बार्सिलोना छाडेर सिटी नजाने निर्णय गरे ।
मेसीले पछिल्लोपटक बार्सिलोनामा नयाँ सम्झौता गर्नुअघि सिटीले मेसीलाई सो प्रस्ताव गरेको थियो । क्लबले मेसीलाई बार्सिलोनाभन्दा तीन गुणा बढी तलब सहितको प्रस्ताव पनि राखेको थियो । तर ३१ वर्षीय मेसीले आफ्नो करिअर एकै क्लबमा रहने भन्दै सो प्रस्ताव नकारेका हुन् । म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी खल्डून अल मुबारकले यसको खुलासा गरेका हुन् ।
‘हामीले गुआर्डीओलालाई मेसीसँग वार्ता गरेर तीन गुणा तलबको प्रस्ताव राखेका थियौं । तर मेसी बार्सिलोना नछाड्ने निर्णयमा अडिग रहे,’ मुबारकले भने । मेसीले २०१७ को नोभेम्बरमा नयाँ सम्झौता गरिसकेका छन् । उनको नयाँ सम्झौता सन् २०२१ सम्म रहनेछ । मेसीको रिलिज कलज ७ सय मिलियन युरो राखिएको छ ।
यता बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भने मेसी जिन्दगीभर बार्सामै रहने बताए । ‘ हामी हरेक सिजन मेसीको सम्झौता परिवर्तन गर्दै गएका छौं । उनले हरेक सिजन आफूलाई सुधारेका छन् । यो सत्य हो कि उनको करिअर बार्सिलोनामा अन्त्य हुनेछ, ‘ उनले भने । मेसीले हालसम्म क्लबका लागि ७ सय खेल खेलेका छन् ।
February 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो। एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल गर। एपिएफका विकास प्लेयर अफ […]
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]