default_image

6 years ago

October 14, 2018

बुल्गेरिया र म्यासेडोनिया विजयी, जिब्रालटारको ऐतिहासिक जित

55 views

0 Bookmark

सोफिया (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा बुल्गेरिया र म्यासेडोनिया विजयी भएका छन् । बुल्गेरियाले साइप्रसलाई २–१ ले पराजित गरेको हो । बुल्गेरियाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले १–० ले पछि परेको अग्रता उल्ट्याउदै २–१ को जित निकालेको हो । अर्को खेलमा जिब्रालटारले अर्मेनियालाई १-० ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो ।

बुल्गेरियाको जितमा किरिल डिस्पोडोभ र तोडोर नेडेलेभले गोल गरे । साइप्रसका ग्रिगरिस कास्टनोसले गोल गरे । घरेलु टोली खेलको ४१औं मिनेटमा पछि परेको थियो । आन्द्रियस आभरमको पासमा ग्रिगरिस कास्टनोसले गोल गरेको थियो । पहिलो हाफमा १–० ले पछि परेको बुल्गेरियाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित २ गोल गर्दै पुनरागमन जित निकनल्न सफल भयो ।

बुल्गेरियाका किरिल डिस्पोडोभले ५७औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा तोडोर नेडेलेभले गोल गर्दै बुल्गेरियाको जित पक्का गरे । जितपछि समूह तीनमा अपराजित रहेको बुल्गेरियाले ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित साइप्रस ३ अंकसहति तेस्रो स्थानमा छ । नर्वे २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।

शनिबार राति नै भएको अर्काे खेलमा म्यासेडोनियाले लिचेस्टाइनमाथि ४–१ को फराकिलो जित निकाल्यो । म्यासेडोनियाको फराकिलो जितमा एलेक्सान्दर ट्राज्सकोभिस्कीले २ तथा गोरान पान्डव र इजान अलिस्कीले गोल गरे । लेचेस्टाइनका सेहान यिल्डिजले गोल गरे । एकपक्षीय बनेको खेलमा म्यासेडोनियाले १०औं मिनेटमा एलेक्सान्दर ट्राज्सकोभिस्कीको गोलबाट अग्रता बनाएको थियो ।

३०औं मिनेटमा एलेक्सान्दर ट्राज्सकोभिस्कीले अर्काे गोल गर्दै अग्रता दोब्बर पारे । ३६औं मिनेटमा गोरान पान्डवले गोल गर्दै म्यासेडोनियाले ३–० को अग्रता दिलायो । त्यसको १ मिनेटपछि सेहान यिल्डिजले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को स्थितिमा ल्यायो । ६७औं मिनेटमा इजान अलिस्कीले गोल गर्दै म्यासेडोनियालाई ४–१ को सहज जित दिलाए । जितपछि म्यासेडोनिया समूह ४ मा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिचेस्टाइन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आयरल्यान्ड र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

अर्मेनियामाथि जित दर्ता गर्ने क्रममा जिब्रालटारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राकै पहिलो औपचारिक जित हात पार्यो । यसअघि मैत्रीपूर्ण खेलमा २ जित हात पारेको जिब्रालटारको यूईएफएको औपचारिक खेलमा भने पहिलो जित हो । दोस्रो हाफमा जोसेफ लुइसले गरेको पेनाल्टी गोल निर्णायक सावित भएको थियो ।

February 2, 2025

एपिएफ स्कुलको जित विकास ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो। एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल‌ गर। एपिएफका विकास प्लेयर अफ […]

February 2, 2025

आहा! रारा पोखरा गोल्ड कपको‌ तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]

February 2, 2025

रियल म्याड्रिड स्तब्ध

एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]

Success

Thank you for your time.