default_image

6 years ago

October 13, 2018

मोनाकोका मुख्य प्रशिक्षकमा हेनरी

43 views

0 Bookmark

मोनाको (एजेन्सी) – फ्रान्सेली क्लब मोनाकोले थिएरी हेनरीलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । यसअघि बेल्जियम राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका हेनरीलाई मोनाकोले २०२१ जुन अन्त्यसम्मका लागि आबद्ध गरेको हो । 

henry

फ्रान्सेली लेजेन्ड हेनरीले मोनाकोबाट सन् १९९४ देखि १९९९ सम्म ५ वर्ष खेल्दै लिग वोन उपाधि जिताउन मद्दत गरेका थिए । हाल लिग वोनमा पुछारबाट तेस्रो स्थानमा रहेको मोनाकोले यसै बिहिबारमात्र पूर्व प्रशिक्षक लियोनार्डो जर्डीमलाई बर्खास्त गरेको थियो । ‘मेरो प्रशिक्षण जीवन मोनाकोबाट सुरु गर्न पाउनुमा आफुलाई भाग्यमानी ठानेको छु’, आर्सनलका लागि कीर्तिमानी गोल गरेका हेनरीले बताए ।

युभेन्टस, बार्सिलोना र न्यूयर्कबाट पनि व्यावसायिक फुटबल खेलिसकेका हेनरीलाई इङ्ग्लिस क्लब एस्टन भिल्लाबाट पनि प्रशिक्षकको भूमिका निर्वाह गर्न प्रस्ताव आएको बताइएको छ । ‘मलाई अन्य अवसर पनि थिए तर मोनाको सधै मेरो मनमा रहेकाले मैले दोहोर्याएर सोच्नु परेन’, मोनाकोसँग आबद्ध हुने निर्णयबारे उनले भने ।

मोनाकोले यस सिजन १ खेल मात्र जितेको छ । लिगमा ९ खेल खेलेर ६ अंक मात्र रहेको मोनाकोले ५ खेलमा पराजय भोगेको छ भने च्याम्पियन्स लिगको दुवै खेलमा पनि पराजित भएको हो। मोनाकोले २०१७ मा लिगको उपाधि जितेको थियो ।

February 2, 2025

एपिएफ स्कुलको जित विकास ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो। एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल‌ गर। एपिएफका विकास प्लेयर अफ […]

February 2, 2025

आहा! रारा पोखरा गोल्ड कपको‌ तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]

February 2, 2025

रियल म्याड्रिड स्तब्ध

एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]

Success

Thank you for your time.