6 years ago
October 13, 2018
एजेन्सी – अर्जेन्टिना राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले बार्सिलोना तथा अर्जेन्टिना राष्ट्रिय टोलीका वर्तमान कप्तान लिओनेल मेसी नेतृत्व गर्न उचित व्यक्ति नभएको अभिव्यक्ति दिएका छन् ।
सन् २०१० मा दक्षिण अफ्रीकामा भएको विश्वकप दौरान मेसीलाई कप्तानीको समेत जिम्मेवारी दिएका म्याराडोनाले मेसी कप्तान बन्दा टोलीलाई कुनै किसिमको फाइदा नहुने बताएका हुन् । म्याराडोनाले मेसी अन्तर्राष्ट्रिय खेलबाट टाढा रहनु नै उचित रहेको पनि बताए । ‘ मेसी एक उत्कृष्ट खेलाडी हुन् । तर उनी कप्तान हुन लायक भने छैनन्,’ म्याराडोनाले भने, ‘उनी प्रशिक्षक र खेलाडीसँग बोलेर बस्नुभन्दा प्लेस्टेसन खेल्न रुची राख्ने गर्छन् । उनी मैदानभित्र कप्तान बन्ने दावी गरेपनि मैदान बाहिर भने त्यसो गर्न सक्दैनन् ।’
म्याराडोनाले मेसी नर्भस भएर खेल अगाडी २० पटक बाथरुम जाने गरेको पनि बताए । ‘ जो खेलाडी खेल सुरु हुनुअघि २० पटक बाथरुम जान्छ, उसलाई कप्तान बनाएर केहि हुनेवाला छैन,’ उनले थपे, ‘ मेसीलाई भगवान बनाएर केहि हुनेवाला छैन । मेसी बार्सिलोनामा र अर्जेन्टिनामा फरक ढंगले प्रस्तुत हुने गरेका छन् । राष्ट्रिय टोलीमा मेरो हक लाग्छ भने म उनलाई बोलाउने छैन ।’
मेसीले रुस विश्वकपपछि राष्ट्रिय टोलीबाट खेलेका छैनन् । अर्जेन्टिना विश्वकपको विजेता फ्रान्ससँग राउण्ड अफ १६ मा पराजित हुँदै घर फर्किएको थियो । कार्यवाहक प्रशिक्षक लिओनेल स्कालोनीले भने मेसी चाडैं नै राष्ट्रिय टोलीमा फर्कने विश्वासमा अडिग छन् । उनले मेसी अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोलीमा फर्कने अपेक्षा गरेका छन् ।
मेसीको अनुपस्थितिमा अर्जेन्टिनालाई घाटा भने भएको छैन । नयाँ खेलाडीलाई मौका दिइरहेको अवस्थामा पनि टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । विश्वकपपछि खेलेका तीनै खेलमा अर्जेन्टिना अपराजित रहेको छ । यता मेसीले पनि सोहि समयमा बार्सिलोनाका लागि ११ खेलमा ११ गोल गरेका छन् ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]