6 years ago
October 13, 2018
निगाता (एजेन्सी) – किरिन च्यालेन्ज कपको खेल अन्तर्गत शुक्रबार राती भएको खेलमा जापानले पानामालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
जापानका लागि खेलको पहिलो हाफ सकिनुभन्दा तीन मिनेटअघि साल्जबर्गका फरवार्ड टाकुमी मिनामिनोले गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट स्किल प्रदर्शन गर्दै गोल गरेका थिए । जापानले ६६ औं मिनेटमा अग्रता दोब्बर पार्यो ।
काशीवा रेसोलबाट खेल्ने जुन्या इटोले ६ यार्ड बक्सभित्र भिडभाडको अवस्थाको फाइदा उठाउँदै बललाई पोस्टको दिशा दिएका थिए । देन्का बिग स्वान रंगशालामा जापानले खेलको ८५ औं मिनेटमा जित पक्का गर्यो । फरवार्ड कंगो कावामाताको प्रहार डिफेन्डर हेरोल्ड कमिङसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
जापानको राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक हाजिमे मोरियासुले दोस्रो खेलमा विदेशमा खेल्ने ४ खेलाडीलाई पहिलो रोजाइमा राखेका थिए । उनले विश्वकपका भेट्रान युया ओसाको, जेंकी हरागुचीसँगै १९ वर्षीय ताकेहिरो तोमियासुलाई खेलाएका थिए ।
विश्वकपमा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका मोरियासुले लगातार दोस्रो खेलमा ३-० को जित आत्मसात गरेका हुन् । उनले ओलम्पिक टोलीको पनि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । जापानले मंगलबार साइतामामा हुने खेलमा उरुग्वेको सामना गर्नेछ । उरुग्वे शुक्रबारै दक्षिण कोरियासँग २-१ ले पराजित भएको थियो ।
भिडियो हेर्नुहोस्:
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]