6 years ago
October 13, 2018
ब्रकसेल्स (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले युइएफए नेसन्स लिग फुटबलमा स्वीट्जरल्याण्डलाई पराजित गरेको छ ।
किङ बोउडोउइनमा शुक्रबार राति भएको खेलमा बेल्जियमले स्विजरल्याण्डमाथि २–१ को जित निकालेको हो । स्वीट्जरल्याण्डका मारियो गाव्रानोविचले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५८औं मिनेटमा लुकाकुले गोल गर्दै गोलको खाता खोलेका थिए । ७६औं मिनेटमा स्वीट्जरल्याण्डका मारियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, खेल सकिन ६ मिनेट बाँकी रहँदा लुकाकुले व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए ।
जितसँगै बेल्जियम लिग ‘ए’ अन्तर्गत समूह २ मा दुई खेलबाट ६ जोड्दै शीर्ष स्थानमा रहेको छ । बेल्जियमसँग पराजित स्वीट्जरल्यान्डको ३ अंक तथा अंकविहीन आइसल्यान्ड पुछारमा छ ।
भिडियो हेर्नुहोस्:
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]